निर्माणआधिन पाथिभरा श्रद्धाश्रमका लागि सहयोग सकंलन तिब्र पारिँदै
गैर–आवासिय अष्ट्रेलियाको पाथीभरा श्रद्धाश्रम निर्माण परियोजना २०१४ देखि संचालनमा छ । विराटनगर नगरपालिका र गैर–आवासिय अस्ट्रेलियाको संयुक्त सहकार्यमा पाथिभरा जेष्ठ नागरिक श्रद्धाश्रम निर्माण कार्य संचालन गरिरहेको छ । यसै सन्दर्भमा पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको निर्माण कार्यलाई गति दिने विषयमा एनआरएन अष्ट्रेलियाका पदाधिकारी र समाजका अगुवाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अष्ट्रेलिया पाथीभरा श्रद्धाश्रम निर्माण समितिको तर्फबाट कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो । अहिलेसम्म भएको कार्यप्रगतिको विषयमा जानकारी गराइएअनुसार एउटा ब्लक ओ एक तला निर्माण भईसकेको जानकारीसहित अहिलेसम्म भएका कामहरु, दाताले उपलब्ध गराएको सहयोग, अबका दिनमा गर्नुपर्ने कार्यहरु समेटिएको विवरण टास्क फोर्सका सचिव राजन सिटौलले प्रस्तुत गरेका थिए ।
न्यूसाउथवेल्सबाटै ५० लाख सहयोग संकलन गर्ने एनआरएन अस्ट्रेलियाका निउसाउथ्वल्स सम्योजक दिनेश पोखरेलले प्रतिबद्धता दिएका छन् । नेपालमा सुरु गरिने जुनसुकै परोपकारी कामहरुलाई निष्कर्शमा पुर्याउनुपर्ने तर्क राख्दै पोखरेलले नेपालमा एनआरएनको नाम हेरिने हुँदा नेतृत्व परिवर्तन भएपनि अर्को नेतृत्वले निरन्तर्ता दिनुपर्ने बताएका छन् ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले परियोजना सफल बताउनका लागि आफूले भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी क्षेत्रीय संयोजक महेन्द्र लम्सालले सहयोग रकम संकलन कार्यलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । परियोजनालाई अहिलेसम्मको अवस्थामा ल्याउन सघाउने सबैलाई धन्यवाद दिँदै ओलीले छिटो निर्माण गर्नका लागि सबै अग्रसर हुनुपर्ने बताएका थिए । एनआरएन अष्ट्रेलियाको पाथीभरा श्रद्धाश्रम निर्माण परियोजनाका संयोजक रमेश पाण्डेले एनआरएनले अष्ट्रेलियाका सबै राज्यमा यस विषयमा कार्यक्रमहरु लैजानुपर्ने बताए ।
यसैगरी एनआरएन संरक्षक ईन्द्रा वनले एनआरएनको अन्य देशका सञ्जालमार्फत यो कार्यक्रमलाई सफल बनाउन अपिल गरेकी थिइन् भने समूदायका अगुवा जगदिश तिम्सिनाले कम्तिमा एनआरएनका सबै कार्यक्रममा यसको बारेमा चर्चा गर्ने र सहयोगका लागि अपिल गर्नुपर्ने बताएका थिए । यसैगरी कार्यक्रममा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष महेन्द्र ओलीले स्थानीय, समाजसेवी, व्यापारी र सर्वसाधारणको प्रयासमा आफूहरुले हातेमालो मात्रै गरेको र होस्टेमा हैंसे गर्दै यो परियोजना निर्माणमा अग्रसर भएको बताएका थिए ।
महेन्द्र ओली अध्यक्ष रहेको बेलामा सुरु भएको पाथीभरा श्रद्धाश्रम निर्माणको क्रम पछिल्लो समयमा भुकम्पका कारण पनि सुस्त बनेको थियो । पूर्व अध्यक्ष्य महेन्द्र ओलीसँग यस परियोजनाबारे बुझ्ने क्रममा धेरै ठूलो महत्वकांक्षी परियोजना सुरुवात गराए । तर, कार्यान्वयन पक्ष फितलो भयो नि भन्ने प्रश्नमा उनी यसोभन्छन्, ‘अहिलेको टिमसँग आफ्नो प्रत्यक्ष संलगनता हुन नसक्नुले पनि निरन्तरता नसकिएको हो । हाम्रो परियोजना तिब्र रुपमा चलिरहेकै बेला देशमा महाभूकम्पको बिपत्ती आईलाग्यो । हामीले हाम्रो ध्यान पुरै बिपत्तिका लागि सहयोग जुटाउनतिर लागियो । त्यस कारणले यो परियोजना छायामा परेजस्तो देखिएको हो ।’
उक्त छलफलकै क्रममा विराटनगरकै स्थानीय बासिन्दा मुकेश रेग्मीले ११ लाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले गरेको सहयोगमा अब पाथीभरा श्रद्धाश्रममा उनकै नामबाट एउटा कोठा बनाइने भएको छ । श्रद्धाश्रममा १० लाख सहयोग गर्ने व्यक्तिको नाममा कोठाको नामाकरण गर्ने योजना एनआरएन अष्ट्रेलियाको छ । पाथीभरा श्रद्धाश्रमलाई कसरी सफलतापूर्वक निर्माण गर्न सकिन्छ भन्ने विषयमा आफ्नो विचार राख्दै उपस्थितहरुले टास्क फोर्सलाई विभिन्न सुझाव दिएका थिए ।
विराटनगर उपनगरपालिकाको भूमिका यस्तो छ पाथिभरा जेष्ठनागरिक श्रद्धाश्रम विराटनगर नगरपालिका र गैर–आवासिय नेपाली अस्ट्रेलियाको संयुक्त सहकार्यमा निर्माण हुँदैछ । परियोजनाका सम्योजक रमेश पाण्डेकाअनुसार अनुमानित लागत ७ करोड ६१ लाखमध्ये नगरपालिकाले ४ करोड ९५ लाख बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोही अनुरुप नगरपालिकाले प्रत्येक वर्ष २० लाख बजेट विनियोजन गरिरहेको संयोजक पाण्डेले बताए । दुइवटा ब्लक रहने उक्त्त भवनका लागि नगरपालिकाले ७ हजार वर्ग मिटर जग्गा प्रदान गर्नुका साथै ढल, पानी, बिजुलीलगायत निर्माण सम्बन्धित सबै नगरपालिकाकै सक्रियाता भईरहेको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण