शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

३६ जनाविरुद्व दायर गरेको मुद्दामा राष्ट्रिय जनमोर्चाको ध्यानकर्षण

बुधबार, ०८ वैशाख २०७३, ०८ : ०४
बुधबार, ०८ वैशाख २०७३

काठमाडौं–अख्तियार दुरुपयोग अनुसनधान आयोगले गरिबी निवारण कोषमा गत वैशाख ५ गते ३६ जना विरुद्व मुद्दा दायर गरेकोमा राष्ट्रिय जनमोर्चा पार्टीले ध्यानकर्षण गरेको छ । आयोगले चार करोड ३४ लाख ८७ हजार ९ सय १६ रुपैयाँ भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रति राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै ध्यानकर्षण गरेको हो ।

पार्टी अध्यक्ष चित्र बहादुर केसीको मातहतमा रहेका गरिबी निवारण मन्त्रालय अन्तर्गतका कर्मचारीहरुविरुद्व भ्रष्टाचारको आरोप लागेको भन्ने कुरा भ्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यहाँ हामीले के प्रष्ट गर्न चाहन्छौं भने केसीको मातहतमा त्यो मन्त्रालय भएको भएपनि गरिबी निवारणको मुख्य कोष प्रधानमन्त्रीका मातहतमा नै रहेको छ । उनका मातहतको गरिबी निवारण कोषका विरुद्ध नै अख्तियारले त्यो मुद्दा लगाएको छ । केसीको मन्त्रालयको कुनै कर्मचारीको विरुद्ध त्यस प्रकारको कुनै मुद्दा दायर भएको छैन् । केसीले प्रधानमन्त्रीका मातहतमा भएको गरिबी निवारण कोषसमेत सम्बन्धित सबै रकम गरिबी निवारण मन्त्रालय अन्तर्गत ल्याउन लेखापढी गरेका थिउ । तर उनको प्रस्तावलाई स्विकार गरिएको छैन । उक्त सबै रकम गरिबी निवारण मन्त्रालय अन्तर्गत भएको भए त्यसको गरिबी निवारण कार्यमा सहयोग हुने थियो । त्यो रकमको जुन दुरुपयोग र भ्रष्टाचार भइरहेको छ, त्यसमाथि नियन्त्रण हुनुपर्ने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप