पर्यटकको आगमन नहुँदा ८ करोड घाटा
म्याग्दी – म्याग्दी जिल्लामा गत वर्ष २०७२ मा पर्यटक आगमन २१ प्रतिशतले घटेको छ । भूकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन कम हुँदा अघिल्लो वर्षको तुलनामा म्याग्दीका पर्यटकीय स्थलहरुमा करिब साढे आठ करोड रुपैयाँ बराबरको आम्दानी गुमेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७२ वैशाखदेखि चैत महिनासम्म ३१ हजार ५६७ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका छन् ।
१८ हजार ४७२ जना पर्यटक जिल्ला भित्रीएको र १३ हजार ९५ जना पर्यटक म्याग्दी हुदै अन्य जिल्लाको भ्रमणमा गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक हिराबहादुर थापाले जानकारी दिए । प्रहरीले सिमा नाकाबाट जिल्ला भित्र्ने र बाहिरीने पर्यटकहरुको विस्तृत विवरण सहित दैनिक तथ्याङ्क राख्ने गरेको छ ।
२०७१ मा म्याग्दीका पर्यटकीय स्थलको भ्रमण गर्ने बाह्य पर्यटकको संख्या ४० हजार जना थियो । २०७१ को तुलनामा २०७२ मा पर्यटक आगमनमा ८ हजार ४३५ अथवा २१ प्रतिशतले कमी आएको हो । मुख्य पर्यटकीय याममा भुकम्प जानु र नाकाबन्दी तथा तराई आन्दोलनका कारण पर्यटक आगमन घटेको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए ।
धौलागिरी, अन्नपूर्ण हिमाल आरोहण, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, घोडेपानी, पुनहिल, भुरुङ तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्सेलगायतका झरना, हिमशृङखला र पहाडी भुगोलको मनोरम दृश्य अवलोकनका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।
विशेष गरेर धेरै पर्यटक अन्नपूर्ण चक्रिय पदमार्गको मुख्य गन्तव्य मानिने घोडेपानी क्षेत्रको भ्रमणमा आउने गर्छन् । घोडेपानी मुस्ताङ हुँदै कास्की र कास्की हुँदै मुस्ताङ जाने आउने पदमार्गको नाका हो । म्याग्दी भ्रमणमा आउने पर्यटकले कम्तीमा दुई दिन जिल्लामा बिताउँछन् । घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनबहादुर पुनकाअनुसार एक जना विदेशी पर्यटकले न्युनतम दैनिक पाँच हजार रुपैयाँ खर्च गर्छन् ।
यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप) भ्रमणका लागि सरकारलाई प्रतिव्यक्ति दुई हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । पर्यटक आगमनमा कमी आउँदा गत वर्ष म्याग्दीका पर्यटकीय क्षेत्रका होटल व्यवसायीहरुलाई ८ करोड ४३ लाख रुपैयाँ बराबरको आम्दानी गुमेको अध्यक्ष पुनले बताए ।
भूकम्पले असर नपु¥याएको अन्नपूर्णलगायत म्याग्दीका पदमार्गमा असोज, कात्तिकको समयमा तराईमा भएको आन्दोलन र नाकाबन्दीका कारण भारतबाट सडक मार्ग भएर पर्यटक आगमन हुन सकेको थिएन् । म्याग्दीमा चीन, जापान, दक्षिण कोरिया, बेलायत, जर्मन, भारत, अस्टे«लीया, फिलिपिन्स, अमेरीकालगायत देशका पर्यटकहरु भ्रमणमा आउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण