विद्यालयको जग्गामा भू–माफिया पसे
पोखरा–गौरीशंकर उच्च मावि हेमजाको नाममा रहेको जग्गामा भू–माफियाको चलखेल बढेको छ । पोखरा उपमहानगरपालिका वडा नं–२९ हेमजाको लामपाटामा रहेको कित्ता नं ७३८ को जग्गामा भू–माफियाको चलखेल बढेको हो । कूल ११ रोपनी ९ आना २ पैसा १ दाम क्षेत्रफल रहेको सो जग्गा स्थानीय जग्गा दाताबाट विद्यालयले २०२० सालमा दान स्वरुप प्राप्त गरेको थियो ।
विद्यालयका तत्कालिन शिक्षक धर्मजंग कुँवर, पूर्णवहादुर कुँवरलगायत स्थानीय २० जना नागरिकले सो जग्गा विद्यालयको लागि दान गरेका थिए ।
तर, दातामध्येका नै केही नागरिक र अन्य स्थानीय गाउँदेखि जिल्ला तहसम्मका माफियाहरुले सो जग्गा अहिले हडप्दै आएका छन् । हालसम्म सो जग्गामा १३ वटा घर टहरा बनाईएका छन् । पुनरावेदन अदालत पोखराले दिएको आदेश विपरित घर टहरा बनाएको स्थानीयवासीले बताएका छन् ।
विद्यालयको जग्गा हडपेर वनाइएका घर टहरामा अहिले केही मानिस बसेको र केहीले भाडामा लगाएर रकम खाँदै आएको विद्यालयका पूर्व लेखापाल एवं जग्गाका जानकार धनवहादुर सापकोटाले जानकारी दिएका छन् ।
उनले सो जग्गा हडप्ने खेलमा स्थानीयदेखि जिल्लासम्मका केही व्यक्तिहरु लागि परेको वताए । विद्यालयले दान पाएको जग्गा विद्यालयको नै हुनु पर्नेमा दाताका शाखा सन्तानले नै हडपेर अदालतको आदेश नमानेको उनले आरोप लगाएका छन् ।
विद्यालयको जग्गाको वारेमा जिल्ला प्रशासन कार्यालय कास्की र तत्कालिन अवस्थामा अख्तियार केन्द्रीय कार्यालय काडमाण्डौमा समेत उजुरी परेको थियो ।
अख्तियारका कर्मचारीलाई समेत हातमा लिएर विद्यालयको नाउँको जग्गा हडप्ने दाउमा तत्कालिन गाउँका केही व्यक्ति र केही राजनीतिक व्यक्तिहरु लागि परेको समेत स्थानीयवासीले वताएका छन् ।
दान गरेको केही समयमा नै उनै दाताका सन्ततिहरुले जग्गा विद्यालयलाई नदिने भन्दै जिल्ला, पुनरावेदन र सर्वोच अदालतसम्म पुगेका थिए । विद्यालयले सो जग्गामा सन्ततिले धावा वोल्न थालेपछि प्रतिकार गर्दै आएको थियो ।
विद्यालयको जग्गाको वादीमा अष्टमान सिंह कुवँरका छोरा कुमाल सिंह कुवर रहेका थिए भने प्रतिवादीमा टेकवहादुर कुँवर, श्यामवहादुर कुँवर, कमलजंग कुँवर, होमवहादुर थापा लगायतका २२ जना रहेका थिए ।
मुद्धा सर्वोच्च अदालतमा पुगेपछि सर्वोच्चले २०६१ असोज ७ गते मिलापत्र गरेर पठाएको थियो । सर्वोच्चले मिलापत्र गरेको जग्गाको विषयमा फेरि पुनरावेदन अदालत पोखरामा उजुरी परेको थियो ।
सो उजुरी पछि पुनरावेदन अदालत पोखराका तत्कालीन न्यायधीश द्धय चोलेन्द्रशम्सेर जवरा र शिवराज अधिकारीको संयुक्त इजलासले सर्वोच्चको मिलापत्र वदर भएको आदेश जारी गरेको थियो । यसरी सर्वोच्चको आदेशलाई पुनरावेदन अदालत पोखराले वदर गरेपछि जग्गा विद्यालयकै नाममा रहने पक्का भएको थियो ।
सो जग्गा विद्यालयले कानुनी रुपमा प्राप्त गरेपनि त्यसलाई वलजफ्ती गर्न स्थानीयहरुले गैरकानुनी हर्कत गर्दै आएका छन् । पछिल्लो समयमा विद्यालयले समेत सो जग्गा वारे वेवास्ता गरेको वुझिएको छ ।
पुनरावेदन अदालतले मिलापत्र वदर गरेको ७ वर्ष वितिसक्दा समेत विद्यालयले अझै जग्गा भोगचलनमा ल्याएको छैन । विद्यालयले जग्गा भोग चलनमा ल्याउन नसकेपछि नै सो जग्गामा माफियाहरुको चलखेल वढेको स्थानीय जानकारहरुको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक अम्मरवहादुर कुँवरले विद्यालयको जग्गा विद्यालयले नै भोगचलन गर्न नपाएको वताए । उनले विद्यालयलाई दाताले दिएको जग्गा विद्यालयले नै भोग गर्न पाएको भए राम्रो हुने तर्क गरे । तर सो जग्गा विद्यालयले भोग गर्ने वातावरण वन्न नसकेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण