शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रामेछापमा क्षतिपूर्ति र उपचारको माग गर्दै बिहानैदेखि सडक अवरुद्ध

बुधबार, ०८ वैशाख २०७३, ०८ : ३९
बुधबार, ०८ वैशाख २०७३

रामेछाप– जिल्लाको सदरमुकाम मन्थलीमा मंगलबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको भिमबहादुर थापा र घाइतेको आफन्तहरुले सडकमा प्रदर्शन गर्दा मन्थली–काठमडौं तथा जिल्लाको सवारी आवागमन ठप्प भएको छ । मृतक र घाइतेका आफन्तले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उचित औषधोपचारको माग गर्दै प्रदर्शन गरेपछि बिहानैदेखि यहाँको जनजीवन प्रभावित भएको छ ।

मृतकका आफन्तहरुले यातायातका साधन मन्थली बजार प्रवेश गर्ने नाका मन्थलीको भैसेश्वर र मदनभण्डारी चोकमा मृतक र घाइतेका आफन्त साथै मन्थलीका स्थानीय बासिन्दाहरु भेला भई अवरोध गरिरहेका छन् । बिहान ७ बजेदेखि सडक बन्द गराएपछि मन्थलीबाट काठमाडौं जाने गाडीहरु मन्थलीमै रोकिएर बसेका छन् ।

विवाहको जन्ती बोकेर आएको विपी यातायातको ना४ख ९००५ नम्बरको बसले मन्थलीको भैसेश्वरबाट मन्थली बजारतर्र्फ आउँदै गरेको बा३४प ७६५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा वाइकको पछाडी सवार रहेको रामेछाप गेलु–२ निवासी भिमबहादुर थापाको मृत्यु भएको थियो भने वाइल चालक नारायणहरी सुदेवी गम्भीर घाइते भएका थिए ।

रामेछापबाट काठमाडौंको लागि साना ठूला गरि दैनिक एकसय भन्दा बढी यात्रुबाहक सवारी सधानहरु छुट्ने गरेका थिए । सडक अवरोधका कारण सबै सवारी यातायातहरु मन्थलीमै रोकिएर बसेका छन् ।

मृतकको उचित क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था भएसम्म सवारी यातायात सञ्चालन हुन नदिने प्रदर्शनकारीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप