सप्तरीमा तीन युवाको अवस्था अज्ञात
राजविराज– सप्तरीमा तीनजना युवा वर्षौंदेखि अज्ञात अवस्थामा रहेको बताइएको छ । पछिल्लो पटक तीन वर्षयता सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–२ सकरदही निवासी सञ्जय मैरता यादव बेपत्ता रहेको उनका परिवारजनले आज जनाएका छन् ।
तीन वर्षअगाडि सञ्जयसँग सामान्य पारिवारिक झगडा भएपछि घरबाट निस्केका उनी हालसम्म घर नफर्केको उनका बुबा लक्ष्मण मैरताले बताए । जेठा छोराका रुपमा रहेका सञ्जय लामो समयदेखि नफर्केकाले अहिले परिवारजनमा दिनरात रुवावासी भइरहेको उनले जानकारी दिए ।
यस्तै, सप्तरीको विषहरिया गाविस–३ का २० वर्षीय रमेश यादव नौ महिनादेखि बेपत्ता भएका छन् । रमेश गत असार महिनामा आफनो घरबाट मोटरसाइकल चढेर सदरमुकाम राजविराज गएका तर हालसम्म उनको अवस्था अज्ञात नै रहेको परिवारजनले बताएका छन् ।
साथै, जिल्लाको मानराजा गाविस–२ का एक युवा पनि महिनादिनदेखि बेपत्ता छन् । स्थानीयवासी कृष्णचन्द्र झाका १५ वर्षीय छोरा आलोक झा गत चैतमा साइकल चढेर घरबाट निस्केदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
आलोक राजविराजको दुर्गा बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्र हुन् । बेपत्ता भएका परिवारजनले स्थानीय प्रहरी, प्रशासन र मानवअधिकारकर्मीलाई जानकारी गराएपनि हालसम्म खोजी कार्य हुन नसकेको पीडित परिवारले गुनासो गरेका छन् ।
यसैबीच, सप्तरीका विभिन्न ठाउँबाट बेपत्ता भएका युवाको तीव्ररुपमा खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक सुरज खडकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण