यसरी परे मोबाइल पसल संचालकसहित ३ जना प्रहरीको फन्दामा
सिरहा–सिरहाको गोलबजार नगरपालिका–४ स्थित एक मोवाइल पसलबाट चोरी भएको लाखौं मूल्य बराबरको मोबाइलसहित चोरीमा संलग्न दुई र मोबाइल खरिद गर्ने एक जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला धनुषा लिमथिलेश नगरपालिका–१ नक्टाझिल बस्ने १९ वर्षीय अमरेश कुमार महतो, सोही नगरपालिका–२ बस्ने १७ वर्षीय रोहीत कुमार महतो र धनुषा ढल्केबर गाविस–५ साविक घर भई मिथिलेस नगरपालिका वडा नम्बर–५ स्थित बिएस मोवाइल पसलका संचालक २८ वर्षीय विपिन साह रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको टोलीले ईलाका प्रहरी कार्यालय ढल्केवरको सहयोगमा पक्राउ गरेको हो ।
गत चैत २९ गते राती गोलबजार नगरपालिका वडा नम्बर–४ स्थित विनोद महासेठको आयुष मोवाइल पसलको सटर फुटाई अन्दाजी दश लाख मूल्य बराबरको मोबाइल फोन, ल्यापटप, ट्याब्लेट, चार्जर र एयर फोन चोरी भएपछि महासेठले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
प्रहरीको अनुसन्धानबाट उक्त सामानहरु धनुषास्थित बिएस मोवाइल पसलका संचालकले खरिद गरी बिक्रिका लागि राखेको छ भन्ने खुल्न आएपछि गोलबजारबाट गएको प्रहरीले ईलाका प्रहरी कार्यालय ढल्केबरको सहयोगमा सो पसलबाट उक्त सामान बरामद गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक निरौलाले बताए ।
बरामद सामानहरुमा विभिन्न कम्पनीका ट्याब्लेट चार थान, विभिन्न कम्पनी तथा मोडलका मोबाइल १९ थान, चार्जर १८ थान, विभिन्न साइजको व्याट्रीहरु ३४ थान, ब्ऋऋभ्च् कम्पनीको ल्यापटप एक थान, मोवाइल कभर ५ थान र आइ फोन एक थान रहेका छन् ।
पक्राउ परेका तीनै जनालार्ई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण