शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दुई सातादेखि लागेको डढेलोले मानिस र जनावरको ज्यान जोखिममा

बुधबार, ०८ वैशाख २०७३, १० : ३३
बुधबार, ०८ वैशाख २०७३

पर्सा - पर्सा वनजन्तु आरक्ष र चितवन निकुञ्ज अन्तर्गतको वन क्षेत्रमा विगत दुई सातादेखि लागेको डढेलोका कारण वन क्षेत्रबाट पर्साको बस्तीतर्फ जङ्गली जनावर आउन थालेपछि मानिस र जनावर दुवै असुरक्षित भएका छन् । वनबाट भागेर बस्तीतर्फ आएको एउटा हरिणलाई मङ्गलबार मनवाका स्थानीयवासीले पक्राउ गर्न खोज्दा ६ महिना उमेरको हरिणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो । वनबाट बस्तीतर्फ आएको हरिणको बच्चालाई स्थानीयवासीले पक्रिन गर्न खोज्दा भाग्दाभाग्दै मुटु फुटेर हरिणको मृत्यु भएको प्रवक्ता बोगटीले बताए । मृत हरिणलाई प्रहरीको सहयोगमा वन कार्यालयको जिम्मा लगाइएको प्रवक्ता बोगटीले जानकारी दिए । यसैबीच, वनबाट भागेर आएका चारवटा नीलगाई पर्साको जगनाथपुरमा जथाभावी भाग्दै हिँडेको स्थानीयवासीले बताएका छन् । माउसँगै रहेका तीनवटा नीलगाईका बच्चा गाविसको खेतदेखी ड्राइपोर्ट परवानीपुर बाइपास सडकखण्डमा भागदौड गरेकाले तिनको ज्यान जोखिममा परेकोे स्थानीयवासीले बताएका छन् । जङ्गलबाट भागेर आएका जङ्गली बँदेल, बाँदर, नीलगाई, हरिण लगायतका जनावरले खेतमा लगाएको बाली नष्ट गर्ने गरेकाले किसान पनि क्रुद्ध भएका छन् । वनबाट बस्तीतर्फ आएका जङ्गली जनावरको स्थानीयवासीसँग हुनसक्ने मुठभेडलाई रोक्न जिल्ला वन कार्यालयले बेलैमा पहल गर्नुपर्ने पर्सावासीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप