भूकम्पको एकवर्ष : पीडितले अझै पाएनन् राहत
भक्तपुर - भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडी एउटा पुरानो घर छ । त्यही घरको साँघुरो कोठाको एउटा कुनामा भान्सा छ भने बाँकी रहेको ठाउँमा दराज, ड्रम, खाट राखिएको छ । त्यहीभित्र बसेको छ रश्मिला अवालको चार जनाको परिवार ।
गत वर्ष वैशाख १२ गतेको भूकम्पले घर भत्किँदा ९ वर्षकी छोरी सोनिया र पाँच महिनाको छोरा सोनिस पुरिएका थिए । सोनियाको स्थानीयवासीले दुई घण्टापछि तथा सोनिसको २२ घण्टापछि सेनाको टोलीले जीवितै उद्धार गरेको थियो । उक्त घट्नाले सर्वत्र चर्चा पायो ।
भूकम्पपीडित अवाल परिवारसित लालपूर्जा नहुँदा पीडितका लागि निर्धारण गरिएको रातो परिचयपत्र पाउन सकेको छैन । भूकम्पले विध्वंस गरेपछिको एकवर्ष उनीहरुको पिडैपिडामा बित्यो । “लालपूर्जा नभएकै कारण हामीले परिचयपत्र र राहत पाएनौँ, हामी सुकुम्वासी भएका छौँ” रश्मिलाले भने ।
भक्तपुर नगरपालिकाको मूलढोकामा घर रहेकी रश्मिला घरमै लुगा सिलाउने काम गर्थिन, श्रीमान् श्याम सवारी चालक थिए । भूकम्पले मेसिन टुक्राटुक्रा भएपछि उनको रोजगारी खोसियो । “मेसिन किन्न नसक्दा आफूसँग भएको सीप प्रयोग गर्न पाइन, अब बालबालिकालाई कसरी हुर्काउने भन्ने पिर परेको छ ।”
भूकम्पले जेठाजूको दुई छोरीको ज्यान गयो । सरकारले घर पूर्ण क्षति हुनेलाई रातो कार्ड दियो, टहरा निर्माण गर्न रु १५ हजार तथा न्यानो कपडा किन्न रु १० हजार दिएपनि अवाल परिवारले कुनै सुविधा पाएन । “सुकुम्वासी हुँदा समेत हामी सरकारको नजरमा भूकम्पीपडित भएनौँ” उनले पीडा सुनाए ।
रश्मिलासँग अहिले नत सिलाई मेसिन किन्ने पैसा छ नत छोराछोरीको इच्छाअनुसार पढाउने क्षमता नै छ । छोरी सोनिया भन्छिन्– “डाक्टर पढ्ने इच्छा छ, तर आमाले तलाई कसरी पढाउने भनेर चिन्ता लिइरहनुहुन्छ ।”
सरकारले वास्तविक मूल्याङ्कन गरेर भूकम्पपीडितलाई परिचयपत्र र राहत दिनुपर्ने तथा उनीहरुका सन्तानलाई पढाउन छात्रवृत्ति उपलब्ध गराउनुपर्ने अवाल परिवारको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण