किन खराब दौरबाट गुज्रदैँछ बार्सिलोना ?
काठमाडौं – मार्च १६ मा लुइस सुआरेज, नेयमार र लियोनल मेस्सीले गोल गर्दै आर्सनलविरुद्ध बार्सिलोनालाई ३–१ को जीत दिलाए । जीतसँगै समग्रमा ५–१ को विजयसहित डिफेन्डिङ च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा पुग्यो । त्यतिबेला कमेन्टेटर ग्यारी लिनेकर जो बार्सिलोनाका पूर्व स्टाइकर हुन् उनले भनेका थिए ः बार्सिलोनाले खेलेको फुटबल अचम्मकै छ । यो विश्व इतिहासकै सबैभन्दा उत्कृष्ट खेलको उत्कृष्ट टिम हो । उनको भनाइ निकै चर्चित भयो । आर्सनलविरुद्ध जीत निकाल्दासम्म बार्सिलोना निरन्तर ३८ खेलमा अपराजित थियो । स्पेनिस ला लिगाको उपाधि होडमा एथलेटिको म्याड्रिड र रियल म्याड्रिड बार्सिलोनाभन्दा निकै टाढा थिए । बार्सिलोनाले घरेलु कप फुटबल कोपा डेल रेइको फाइनलमा पनि स्थान बनायो । निरन्तरको जीतले सिजनको अन्त्यमा आइपुग्दा बार्सिलोना प्रमुख तीन उपाधिको बलियो दाबेदार बन्यो । तर एक महिनाको प्रदर्शनले सबै कथा परिवर्तन गरिदियो । अप्रिल सुरु भएपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो । बार्सिलोनाले १३ वर्षपछि पहिलो पटक ला लिगामा लगातार तीन खेल हार्यो र ला लिगामा उसले ९ अंकको अग्रता गुम्यो । अब फुटबल इतिहासकै उत्कृष्ट टिम भनिएको बार्सिलोना त्यस्तो लयमा छैन । टिममा नाटकिय संकट देखिएपछि उपाधिविहीन बनेर बार्सिलोनाले यो सिजनको अन्त्य त गर्दैन भन्ने आशंकासमेत सुरु भएको छ । के यो दुर्भाग्य मात्रै हो ? बार्सिलोनाका प्रशिक्षक लुईस इनरिकेका अनुसार उनको टिमको खराब प्रदर्शन दुर्भाग्य सिवाय अरु केही होइन । भ्यालेन्सियासँग आइतबार २–१ ले पराजित भएपनि प्रशिक्षक एनरिकेले आफ्नो खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताएका थिए । उनले खेल जित्नका लागि आफ्नो टिमको भाग्य बलियो हुनुपर्ने प्रतिक्रिया दिए । स्थानिय मिडिया मुन्डो डिर्पोटिभोसमेत उनको प्रतिक्रियामा सहमत थिए । पत्रिकाको पहिलो पृष्ठमा समाचार छापियो ः १–२ कस्तो अभागी ! के सत्य हो भने बार्सिलोनाले तीन अंक लिनका लागि पर्याप्त अवसर सिर्जना गर्यो । सुआरेजले गोलपोष्ट नजिकबाट हेड गरे । जेरार्ड पिके गोल गर्नबाट चुके । मेस्सीले दुई पटक गोलका लागि गरेको प्रयासमा भ्रमणकारी टोलीका गोलकिपर डिएगो अल्भास बाधक बने । इभान राकिटिच र नेयमारले समेत गोलका लागि मौका सिर्जना गरेका थिए । अझै, ठूलो दुग्भार्य के रह्यो भने बार्सिलोनाले आत्मघाती गोल गर्यो । राकिटिचले गरेको प्रहार आफ्नै पोस्टमा छिर्यो । पछिल्लो प्रत्येक हारमा यसरी नै बार्सिलोना अभागी साबित भएको छ । रियल र एथलेटिकोबिरुद्ध पनि यस्तै उत्कृष्ट खेलेर बार्सिलोना पराजित भएको थियो । अहिले सबै कुरा बार्सिलोनाका लागि प्रतिकूल छ । तर, बार्सिलोनाका लागि अनुकूल के मात्रै रह्यो भन्दा एल क्लासिकोमा ग्यारेथ बेलको गोललाई रेफ्रीले मान्यता दिएनन् । एथलेटिकोबिरुद्धको खेलमा पनि आन्द्रेस इनिस्टाले ह्यान्डबल गरेका कारण रातो कार्ड खानुपर्ने थियो, तर उनी बचे । त्यसैले बार्सिलोनाको हारका पछाडि दुग्भार्य मात्रै लुकेको छ भन्न मिल्दैन ।
के छ त बार्सिलोनाको हारका कारणहरु ? एमएसएनको खराब फर्म पछिल्लो १८ महिनामा बार्सिलोनाको सफलताका लागि मेस्सी, सुआरेज र नेयमारले ठूलो योगदान गरे । विश्व फुटबलमा यि तीन खेलाडीको जोडी एमएसएनको नामबाट पनि चिनिन्छ । यि तीन खेलाडीले गत सिजन बार्सिलोनालाई प्रमुख तीन उपाधि जिताउने क्रममा १ सय २२ गोल गरेका थिए । बार्सिलोनाको अपराजित यात्राका क्रममा उनीहरु नायक बनेजस्तै अहिलेको हारमा पनि उनीहरु दोषी मानिएका छन् । गत मार्चमा ५ खेलमा यि तीन खेलाडीले १३ गोल गरेका थिए । मेस्सी एक्लैले मार्च महिनामा ७ गोल गरे । तर, पछिल्ला ५ खेलमा उनीहरु तीनैको गोलसंख्या जोड्दा ३ हुन आउँछ । नेयमारले पछिल्ला ५ खेलमा गोल गर्न सकेका छैनन् । गोलको खडेरीभन्दा पनि बार्सिलोनालाई चाहिएको उनीहरुको पुरानो चमत्कारी प्रदर्शन अहिले मैदान देखिन्न । च्याम्पियन्स लिगमा एथलेटिकोसँग बार्सिलोना पराजित हुदाँ मेस्सीले ९० मिनेटसम्म सुआरेजलाई एउटै पास उपलब्ध गराउन सकेनन् । उनले केवल नेयमारलाई एक पास दिए जबकी आर्सनलविरुद्ध जीत निकाल्दा मेस्सीले सुआरेजलाइ ३ र नेयमारलाई १३ पास दिएका थिए । अहिले यि तीन खेलाडीको तालमेल पहिलेजस्तो मिलेको छैन । लयबाट बाहिर बार्सिलोनाको संघर्षको प्रमुख कारण खेलाडीहरुको थकानलाई मानिएको छ । यस सिजन बार्सिलोनाले अन्य क्लबको तुलनामा धेरै खेल खेल्यो । सिजनको सुरुआतमै स्पेनिस तथा युईएफए सुपर कप खेलेको बार्सिलोनाको क्यालेन्डरमा फिफा क्लब विश्वकप पनि जोडिएको थियो । यसबाहेक बार्सिलोनाको सुरुआती एघारमा पर्ने ६ खेलाडी दक्षिण अमेरिकी विश्वकप छनोटमा व्यस्त रहे । रियल विरुद्ध दोस्रो लेगमा खेलाडीहरु थकित देखिएका थिए । तर भ्यालेन्सियासँग आइतबार पराजित हुदाँको खेलमा भने खेलाडीको थकान मैदानमा देखिएन । उनीहरु अन्तिम केही सेकेन्डसम्म पनि मैदानमा कसरत गरिरहेका देखिन्थे । बार्सिलोनाको रणनीति पछिल्ला खेलमा परिवर्तन पनि भएको छैन् । उस्तै छ । तर नतिजा फरक आइरहेको छ । पछिल्लो ६ महिना अपराजित रहँदा टिमले जस्तो खेलेको थियो । पछिल्ला चार पराजयमा पनि उस्तै खेलेको छ । एउटै फरक भनेको मेस्सी आजकल सेन्ट्रल पोजिसनमा ज्यादा देखिन्छन् । जसको कारण विपक्षीहरुले उनलाई फोकस गरुन् भन्ने हो । तर यसले खेलमा खासै ठूलो परिर्वन भने ल्याउन सकेको छैन । निरन्तर रुपमा कायम रहेको तीन ठूला स्टारको तालमेल भने अहिले बिग्रिएको छ । यो समस्या समाधान गर्नु अब प्रशिक्षकका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । यदी तीन खेलाडीहरु फेरि उस्तै गति र तालमेलका साथ मैदानमा उत्रिए भने बार्साले फेरि गोल गर्नेछ र फेरि खेल जित्नेछ । प्रशिक्षक एनरिकेको अर्को समस्या भनेको उनले वैकल्पिक खेलाडीहरुको प्रयोग कम गर्नु हो । आइतबार उनले भ्यालेन्सियाबिरुद्ध कुनै पनि खेलाडी परिवर्तन गरेनन्, जसको सोझो अर्थ बेन्चमा रहेका खेलाडीले खेलमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् भन्ने भरोसा उनीमा नहुनु हो । म्याड्रिडका मिडियाहरुले यसलाई प्रशिक्षकको कमजोरीका रुपमा औल्याएका छन् । खेलाडी परिवर्तन गर्नसक्ने खुबी एनरिकेमा नभएको भन्दै म्याड्रिडका मिडियाहरुले उनको आलोचना गरेका छन् । भ्यालेन्सियाविरुद्ध खेलको नीति तथा खेलाडी परिवर्तन गर्न नसकेका कारण बार्सिलोना पराजित भएको मार्का पत्रिकाले लेखेको छ । खासमा प्लान ए सफल भइरहेका कारण बार्सिलोनाका प्रशिक्षक एनरिकेले प्लान बी तयार पार्नु परेको थिएन । तर अहिले एक्कासी मेस्सी, नेयमार र सुआरेजले आफ्नो लय गुमाएपछि प्रशिक्षक एनरिकेले सोच्नुपर्ने समय आएको छ । अबको बाँकी समयले उनको प्रशिक्षणको परिक्षा समेत लिनेछ ।
बाँकी खेल बार्सिलोनालाई सहज एथलेटिको र रियलको तुलनामा बार्सिलोनाका बाँकी खेलहरु कमजोर प्रतिद्वन्द्वीसँग छन् । बार्सिलोनाले अब अंकतालिकाको आधा भागभन्दा तल रहेका टोलीसँग मात्रै प्रतिस्पर्धा गरेपुग्छ । यता, एथलेटिकोले पाँचौ स्थानमा रहेको एथलेटिको बिल्बाओ तथा रियलले खतरनाक मानिएको भिल्लारियलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । बार्सिलोनाको आगामी खेल भने रेलिगेसनबाट बच्न संघर्षरत डिर्पोटिभो लाकोरुनासँग छ । यसअघि पहिलो लेगमा बार्सिलोनालाई डिर्पोटिभोले बराबरीमा रोकेको थियो । तर अहिले डिर्पोटिभो निकै कमजोर अवस्थामा छ । डिर्पोटिभोले सिजनका धेरै खेलमा बराबरी खेलेको छ । बार्सिलोनाले लगातार तीन खेल हारेपनि बाँकी खेलमा जीत हासिल गर्ने संभावना उत्तिकै रहेका कारण खासै चिन्ता गर्नुपर्ने अवस्था छैन । यसबाहेक बार्सालाई एथ्लेटिको र रियलबिरुद्ध हेड टु हेडको पनि फाइदा छ । तर त्यसका बाबजुद बार्सिलोनाले आगामी खेलमा जीत हासिल गर्छ वा यस्तै खराब फर्मले निरन्तरता पाउँछ त्यो भने हेर्न बाँकी छ । बिबिसीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण