शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रातोपाटी समाचारको युएईमा प्रभाव : फर्किए अलपत्र दुई नेपाली, रमाउँदै काका भतिज नेपालमा

बुधबार, ०८ वैशाख २०७३, १९ : ०९
बुधबार, ०८ वैशाख २०७३

युएई-युएईको अलऐनमा लामो समयदेखि अलपत्र परेका दुई नेपाली गत सोमबार नेपाल फर्किएका छन् ।

युएईको अलएेनस्थित गोल्डेन पिकअप कम्पनीमा कार्यरत रोल्पाको निचवाङ ९ राङसीका काका भतिज क्रमशस् डाल प्रसाद घर्तीमगर र सुजन घर्तीमगर घर फर्केका हुन् । २१ महिनादेखि विना भिषा काम गरेको कम्पनीको मालिक फरार भएपछि उनीहरु विगत ४ महिनादेखि उनीहरू अलपत्र परेका थिए ।

भारतीय संचालक फरार भएपछिी युएईमा दुई नेपाली अलपत्र शीर्षकमा रातोपाटी अनलाईखबरमा समाचार प्रकाशन भएपछि युएईको अलएेनमा रहेका केही समाजसेवी तथा समाजिक संघ संस्थाको पहलमा कम्पनीको स्पोन्सर स्थानीय नागरिक सम्पर्कमा आएपछि कानूनी प्रक्रिया पूरा गरेर उनीहरु नेपाल फर्किएका हुन् । यूएईको अलऐनमा रहेको नेपाल मगर संघ क्षेत्रीय समितिको विशेष पहल तथा, गोरखा सेवा समाज, मितेरी समाज, वीर गोर्खाली राष्ट्रिय नेपाली एकता अलऐन र तामाङ समाजले आर्थिक सहयोग संकलन गरेर उनीहरुलाई नेपाल पठाइएको हो, भने अन्नपर्ण ट्राभल्लका संचालक राकेश जैशवालले सुपथ मुल्यमा हवाई टिकट उपलब्ध गराएका थिए।

भिसा सिद्दिएको थाहा नपाएर अवैधानिक रूपमा बस्दै आएका उनीहरूको झण्डै १३ लाख रुपैयाँका जरिवाना लागेको र जरिवाना तिर्ने पैसा नभएपछि दुवैजना नेपाल फर्कन सकेका थिएनन् । कम्पनी मालिक फरार भएकोले पाँच महिना काम गरेको पैसा पाएका थिएनन् । हामीलाई नक्कली कामदार परिचय पत्र दिएर पासपोर्टमा भिसा नलगाई राखेको रहेछ । पिडित सुजनले भने तत्काल राजदुताबास आबुधावीमा खबर गर्यो । दूतावासबाट यात्रा अनुमती पत्र बनाएर नेपाल फर्किन खोज्दा दुबई अध्यागमाले फर्काइदियो।

अनुमती पत्रले नेपाल फर्किन नपाएपछि दूतावासलाई जानकारी गरायौं । तर, दूतावासले स्थानीय प्रशासनसँग आत्मसमर्पण गरेर जेल जान भनेपछि झनै पिडित भएको उनले बताए। राजदुताबासले समस्याको समाधान गर्दा भन्दा उल्टो बेवास्ता गरेकोले आफूहरूको बिचल्ली भएको उनको गुनासो थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप