शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुराना पार्टी छाडेर नयाँ शक्तिमा लाग्नेको लहर

बुधबार, ०८ वैशाख २०७३, १९ : १२
बुधबार, ०८ वैशाख २०७३

काठमाडौं–मधेस जागरण अभियानमा सहभागि हुने क्रममा सहिद तथा बेपत्ता परिवारसँग प्रत्यक्ष र अधिकतम भेटघाट गरिरहेका संयोजक भट्टराईले दैनिक दर्जनजति कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।

यसैक्रममा बुधबार गौरमा आयोजिक कार्यक्रममा विभिन्न पार्टीका केन्द्रीय सदस्यदेखि विभिन्न स्तरका नेता कार्यकर्ताहरु पुराना पार्टी छाडेर नयाँ शक्तिमा समावेश भएका छन् ।

कार्यक्रममा वाइसिएल नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वजनमुक्ति सेनाका कम्पनी कमाण्डर भिखारी रामसहित सयौं युवाहरु नयाँ शक्तिमा सहभागी भएका छन् । यसैगरी अखिल क्रान्तिकारी रौतहटका सचिव सन्तोष काफ्ले, कोषाध्यक्ष राजन पटेल, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य मनोज तिमल्सिना, एमाओवादी जिल्ला सदस्य तेज भद्गर आलम र दिनेश यादव, राज्य समिति सदस्य राजेन्द्र यादव, समाजवादी फोरमका केन्द्रीय सदस्य जयप्रकाश यादवलगायतका नेताहरु विभिन्न पुराना पार्टीहरु छाडेर नयाँ शक्तिमा समावेश भएका छन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै संयोजक भट्टराईले आफूलाई रुपान्तरण गर्न सक्नेले मात्र संसार जित्न सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप