नयाँ शक्तिको युवा संगठनमा सय जना थपिए
काठमाडौं– नयाँ शक्ति नेपाल निकट युवा संगठनले आफ्नो केन्द्रीय परिषदमा झण्डै सय हाराहारी केन्द्रीय परिषद सदस्य थप्ने निर्णय गरेको छ ।
संगठनका उत्प्रेरक तथा नयाँ शक्तिका सचिवालय सदस्य ईञ्चार्ज गंगा श्रेष्ठको प्रमखु आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संगठनको नाम युवा अभियान नेपाल राख्ने निर्णय गरेको छ । श्रेष्ठले बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति बनाउने मुख्य अभिभारा युवाहरुको काँधमा रहेको बताए ।
नयाँ शक्तिमा युवाहरु नै मुख्य प्राथमिकतामा युवाहरु नै रहेको भन्दै विदेशमा रहेका ५० लाख युवाहरु स्वेदश फर्काएर राष्ट्र निर्माणमा परिचालन सक्ने नेतृत्व र पार्टी नै अहिलेको आवश्यकता रहेको बताए ।
बैठकमा देशभरी बढिरहेको संगठनप्रतिको आकर्षण र उभारलाई सुदृढ गर्दै लैजाने विषयमा छलफल भएको संगठनका केन्द्रीय परिषद सदस्य कृष्ण घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण