शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

केपी ओलीले भनेका कुरा गगन थापाले पनि यसरी भने

बुधबार, ०८ वैशाख २०७३, १९ : ५९
बुधबार, ०८ वैशाख २०७३

गुल्मी– नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले वर्तमान सरकार भष्ट्रचारी र कालोबजारियाहरुले चलाएको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघ गुल्मीले आफ्नो ४६ औँ स्थापना दिवसको अवरसरमा सुरु गरेको संविधान कार्र्यान्वयनका लागि दबाव अभियानको उदघाट्न गर्दै उनले यस्तो आरोप लगाएका हुन ।

‘यो सरकार भष्ट्रचारी र कालोबजारियहरुको समूहले चलाएको सरकार हो’– उनले भने–‘यो मैले भनेको होईन, स्वयम सरकारको नेतृत्व गरेको नेकपा एमालेकै ठूलो समूहले भनेको हो ।’ उनले सरकारको कामका बारेमा एमालेले आठ वटा समूहमा समिक्षा बैठक राख्दा सात वटा समूहले यो सरकार भष्ट्रचारी र कालोबजारीयाहरुले चलाएको निष्र्कश निकालेको सुचना आफूले पाएको जिकीर गरे ।

‘यो सरकारले गरिबका लागि पनि केहि काम गर्न सकेन, यो पनि मैले भनेको होइन । एमाओवादीका प्रवक्ताले भनेका हुन्’ –उनले थपे– ‘यो सरकारले भुकम्प पिडितका लागि पनि केहि गर्न सकेन, यो पनि मैले भनेको होईन स्वयम प्रधानमन्त्री ओलिीले भनेका हुन । ’

उनले एक बर्षभित्रमा नयाँ सविधान अनुसार प्रत्येक जनतालाई परिवर्तनको अनुभुति दिलाउन नसके भोली कुनै न कुनै संविधान विरोधि समुह निस्कने र छिमेकीहरुले पनि देव्रे देब्रे सन्काएर उकस्याउने हुँदा यसप्रति सजक हुँदै र संविधान विरोधी समुहको प्रतिवाद गर्दै अगाडि बढ्न कांग्रेसजनलाई आग्रह गरे ।

२०७४ साल माघ ७ गते बर्तमान संविधानसभा भङ्ग हुने भएकोले उक्त चुनाव पनि गराउनुपर्ने । त्यस यता प्रदेशसभा र स्थानिय निर्वाचन पनि गराउनुपर्ने भएकाले काँग्रेसजनहरुले एक मिनेट पनि फुर्सदको समय न निकालेर गाँउ–गाँउमा पुगेर चुनावी माहोल बनाउन खटिनुपर्ने बताए ।

संविधान कार्यन्यनमा काँग्रेस प्रतिपक्ष नबन्ने भन्दै उनले काँग्रेसले मूलधारमा रहेर कार्यान्वयन गराउने बताए । ‘अब काँग्रेसको शक्ति न सिंहदरवारमा हुन्छ, न त बालुवाटार र शितल निवासमा हुन्छ’– उनले भने– ‘काँग्रेसको शक्ति भनेको जनता हो, हामी जनतामै जान्छौं ।’

उनले हाम्रो प्राचिन धर्मविरुद्ध लागेका ठेकेदारहरुलाई तह लगाउन र धर्मका नाममा खोलिएका दोकानहरु बन्द गराउन काँग्रेस एक ढिक्का भएर लाग्ने उद्घोष गरे । नेविसंघका पुर्वमहामन्त्री समेत रहेका नेता थापाले अन्य जिल्लाको तुलनामा नेविसंघ गुल्मीले बेग्लै परिचय दिने कामहरु गर्दै आएको भन्दै प्रशंसा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप