आगलागीमा जलेर दुई बालबालिकाको मृत्यु
बुधबार, ०८ वैशाख २०७३, २० : ०२
कपिलवस्तु– आज दिउँसो भएको आगलागीका कारण कपिलवस्तुमा दुई बालबालिकाको मृत्यु भएको छ ।
सदरमुकाम तौलिहवाको पश्चिम दक्षिण पर्ने कजरहवा गाविस–९ सिंग्रहा गाउँका राजेन्द्र नाउको छ वर्षीय छोरा सन्दीप नाउको आगोले जलेर मृत्यु भएको छ ।
यसैगरी सोही गाउँका गुड्डु पासवनको दुई महिने छोरी लक्ष्मी पासवनको आगलागाीको तातो रापले मृत्यु भएको सीमा प्रहरी चौकी हर्दौनाका नायब प्रहरी निरीक्षक सूर्यबहादुर कुवँरले बताए ।
दिउँसो ३ बजे स्थानीय राम मिलन गोसाईको घरबाट सुरु भएको आगो गाउँभरी फैलिएको थियो । आगलागीका कारण गाउँका ३५ घर जलेर नष्ट नभएको छ भने करिब रु एक करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण