शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रियलको बार्सा र एथ्लेटिकोमाथि दबाब तर रोनाल्डो गुमायो

बिहीबार, ०९ वैशाख २०७३, ०९ : ३५
बिहीबार, ०९ वैशाख २०७३

म्याड्रिड – रियल म्याड्रिडले लिगको चौंथो स्थानमा रहेको भिल्लेरियालमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा रहेको बार्सिलोना र एथ्लेटिको म्याड्रिडमाथि दबाब कायम राखेको छ । बुधबार राती सम्पन्न खेलमा रियल ३–० ले विजयी बनेको हो । रियलको जितमा करिम बेन्जेमा, लुकास भाजक्वेज र लुका मोड्रिचले एक–एक गोल गरे । घाइते गेराथ बेल बिनै मैदानमा उत्रेको रियलले निरश भिल्लेरियालविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । बेन्जेमाले यस सिजन आफ्नो व्यक्ति गोलसंख्या २७ पुर्याए भने भाजक्वेजले पनि पाएको अवसरको राम्रो सदुपयोग गरे । चार खेल बाँकी छँदा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग रियल मात्र एक अंकले पछि रहेको छ । यद्यपि, खेलको अन्त्यतिर भने स्टार क्रिस्टियानो रोनाल्डो घाइते हुँदै बाहिरिए प्रशिक्षक जिनेदिन जिदानको लागि टाउको दुखाईको विषय बनेको छ । ह्यामस्ट्रिङमा चोट लागेर रोनाल्डो बाहिरिएपछि रियलले केही बेर १० खेलाडीमा सिमित बनेर खेल खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप