शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गुल्मीको जैसीथोकमा भीषण आगलागी, १० घरधुरी जोखिममा

बिहीबार, ०९ वैशाख २०७३, १७ : ५५
बिहीबार, ०९ वैशाख २०७३

गुल्मी– गए रातीदेखि गुल्मीको जैसीथोकमा रहेको देविस्थान सामुयायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसक्दा जंगल नजिकमा झण्डै १० घरधुरी उच्च जोखिममा परेका छन् ।

हिजो साँझ करिव ९ बजेतिर फुर्सामाटा भन्ने स्थानबाट अज्ञात व्यक्तिले लगाएको आगो जैसीथोक वडा नम्वर–१ र २ को जंगलभरी फैलिँदै गएपछि त्यस गाउँका १० घरधुरी असुरक्षित भएको स्थानीय राजन केसीले जानकारी दिए ।

उनले भने– ‘आगो झनपछि झन गाउँतर्फ फैलिँदै गएको छ, हामी गाउँवासीले नियन्त्रणको प्रयास गरेपनि नियन्त्रणमा आउन छैन्, प्रहरीलाई खबर गरिएपनि अहिलेसम्म आइपुगेको छैनन् ।’

उनका अनुसार रातापोखरा गाउँदेखि तल लागेको आगो नियन्त्रणमा आएपनि वडा नम्वर–२ को बाहुन गाउँदेखि तल लागेको आगो नियन्त्रणमा नआउँदा त्यस गाउँका रामप्रसाद पोखरेलसहितका १० घरधुरीका परिवारहरु घर नै छाड्नुपर्ने अवस्थामा पुगेका छन् ।

स्थानीयवासीको गुनासो ध्यानकृष्ट गराउँदा जिल्ला प्रहरी कार्यालयले धुर्कोट प्रहरी चौकीलाई बुझ्न लगाएको र उसको रिर्पोटका आधारमा सुरक्षा बल खटाइने जानकारी दिए । जिल्लामा लागेको आगो नियन्त्रणमा ल्याउन यहाँको नेपाली सेना र सशस्त्र प्रहरी पनि खट्ने गरेको छ ।

यहाँस्थित नेपाली सेना, गुरुगोरख गुल्मका गुल्मपती सेनानी महेन्द्रकुमार पुनलाई ध्यानकृष्ट गराउँदा सुरक्षा निकायहरु त्यहाँ पुुग्नका लागि छलफल भइरहेको बताए । उनले भने– ‘हामीलाई जानकारी भईसकेको छ, त्यहाँ पुग्ने जंगल अफ्ठ्यारो बाटोमा रहेछ, कताबाट जाने भन्ने विषयमा छलफल भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप