शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेविसंघका कार्यकर्ता राप्रपामा प्रवेश

बिहीबार, ०९ वैशाख २०७३, १९ : १७
बिहीबार, ०९ वैशाख २०७३

गुल्मी– नेपाल विद्यार्थी संघ गुल्मीका एक जना जिल्ला सदस्यसहित ७ जना नेपाली कांगे्रसका कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । पिपलधारा–५ निवासी नेविसंघका जिल्ला सदस्य हरिप्रसाद शर्मा राप्रपामा प्रवेश गरेका हुन् । उनको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी पिपलधारा–५ का कमल उपाध्याय, लक्ष्मण घिमिरे, तेजेन्द्र घिमिरे, विजय शर्मा र वडा नम्वर–२ का पुरन थापा र कमल थापा राप्रपामा प्रवेश गरेको पिपलधाराका अध्यक्ष टानबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार सदरमुकाम तम्घासमा सो पार्टीका केन्द्रीय सदस्य मिनबहादुर कुँवर, जिल्ला अध्यक्ष भरतबहादुर चन्द, पाल्पा जिल्ला अध्यक्ष डुलबहादुर कुँवरद्धारा कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराईएको थियो । नेविसंघ गुल्मीका अध्यक्ष सुदर्शन खनालसँग सम्पर्क राख्दा शर्मालाई केहि दिनअघि मात्र जिल्ला सदस्यमा मनोनित गरिएको बताए ।

नेपाली काँग्रेस जस्तो ठूलो पार्टी छाडेर किन राप्रपामा प्रवेश गर्नुभयो ? भन्ने प्रश्नमा शर्माले भने ठूलो पार्टी भएर हुँदो रहेनछ, नीति र सिद्धान्त ठूलो हुँदोरहेछ । त्यसैले कांग्रेस छाडेर राप्रपामा प्रवेश गरेका हौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप