शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘मधेस आन्दोलनको कुनै अर्थ र औचित्य छैन’ : योगश भट्टराई

बिहीबार, ०९ वैशाख २०७३, १९ : ५०
बिहीबार, ०९ वैशाख २०७३

नेपालगन्ज– नेकपा एमालेका नेता योगेश भट्टराईले संविधान कार्यान्वयन र राष्ट्रिय एकता बलियो बनाउन नेपाली काँग्रेस सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

प्रेस चौतारी नेपाल, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने– “संविधान कार्यान्वयनमा नेपाली काँग्रेस बाधक होइन, साधक नै हो, यदि प्रतिपक्षीमा रहेर पनि उसको सरकारलाई सहयोग रहन्छ भने पनि त्यसलाई अन्यथा लिनु हुँदैन ।”

लोकतन्त्रलाई बलियो बनाई सरकारको सेवा प्रवाह जनताको घरदैलोसम्म पु¥याउन स्थानीय निकायको निर्वाचन अपरिहार्य भइसकेको छ भन्दै उनले प्रदेशको निर्वाचन र संसदीय निर्वाचनको तयारी पनि सरकारले छिट्टै गर्नुपर्नेमा जोड दिए । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा नेता भट्टराईले अब मधेस आन्दोलनको कुनै अर्थ र औचित्य छैन, आन्दोलनले उठान गरेका सबैजसो जायज माग पूरा भइसकेको छ, केही छुटेका छन् भने पनि सहमतिको आधारमा संविधान संशोधनबाट पूरा गर्न सकिन्छ भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप