अपहरण शैलीमा नेपाली भूमिमा भारतीय प्रहरीको छापा, प्रशासनलाई थाहै भएन
भैरहवा– नेपाल–भारत सीमामा भारतीय प्रहरीको ज्यादती बढ्दै गएको विभिन्न खबर आइरहेका समय नेपाली प्रशासनलाई हेप्दै भारतीय प्रहरीले नेपालमै आएर नेपालीकै घरमा छापा हानेको छ । बुधबार बिहान १० बजे भारतीय प्रहरीले नेपाली भूमिमा छापा हानी नेपाली युवालाई अपहरणको शैलीमा पक्राउ गर्न लागेको बुझिएको छ ।
रुपन्देहीको पोखरभिण्डी गाविस वडा नम्बर–९ मैनिहवाका तिरथ धवलको घरमा भारतीय प्रहरीले छापा हानेको स्थानीयवासीले बताएका छन् । सादा पोशाकमा भारतीय नम्बर प्लेटको ५ वटा मोटरसाईकलमा आएका प्रहरीले तिरथका छोरा रुद्र प्रसाद धवललाई अपहरणको शैलीमा भारत लैजान खोजेपछि स्थानीयहरुले प्रतिकार गरेका थिए । स्थानीयहरुको प्रतिकारपछि फर्केर गएको भारतीय प्रहरी पुनः हतियारसहित नेपाल प्रवेश गरि धवललाई लैजान खोजेपनि गाउँलेको प्रतिकारको कारण लैजान सकेन् । भारतीय प्रहरीले मैनिहवामा अन्य स्थानीयको घरमा समेत हतियारसहित खानतलासी गरेको गाउँलेले बताए ।
स्रोतकाअनुसार भारत महाराजगंज जिल्लाको परसा मलिक थानाका प्रहरीले नेपालीको घरमा छापा हानेका हुन् । सादा पोशाकमा रहेका प्रहरीले छापा हानी नेपालीलाई लैजान खोजेपछि अहिले सम्पूर्ण गाउँ नै त्रासमा रहेको छ । दशगजासित जोडिएर रहेको उक्त गाउँमा भारतीय नम्बर प्लेटका विभिन्न गाडीहरु बेरोकटोक आउने जाने गरेका छन् ।
रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले भारतीय प्रहरी नेपालमा आएको स्थानीयबाट थाहा भएको बताए । उनले ती व्यक्तिहरु भारतीय प्रहरी भए नभएकोबारे बुझ्न भारतीय प्रहरीसित समन्वय गरिरहेको बताए ।
स्रोतका अनुसार केही दिन पहिला नेपाल भारतको सीमा सेवतरीमा एक भारतीयको हत्या भएपछि सोही हत्याको आरोपित भएको भन्दै भारतीय प्रहरीले रुद्र प्रसाद धवललाई उठाउन खोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण