शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘हामी हाइटी बन्ने कि गुजरात ?’

शुक्रबार, १० वैशाख २०७३, ०७ : ४४
शुक्रबार, १० वैशाख २०७३

रोल्पा–विनाशकारी भूकम्पले क्षतविक्षत भएको नेपाललाई हाइटी बनाउने कि गुजरात बनाउने भन्ने चुनौती नेपालीका सामु रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद धनराज गुरूङले बताएका छन् । नेपालीका सामु भूकम्पबाट क्षतविक्षत मुलुकलाई पुनर्निर्माण गर्नु, संविधान कार्यान्वयन गर्नु र संस्थागत भ्रष्टाचारीको अन्त्य गर्ने तीन महत्वपूर्ण जिम्मेवारी भएकाले ती सबै कार्यका लागि उच्चस्तरीय राजनीतिक सहकार्य अनिवार्य रहेको उनले बताए ।

‘भूकम्पबाट क्षतविक्षत भएको हाइटी भ्रष्टाचारकै कारण अझैँ उस्तै छ भने भारतको गुजरात पुनर्निर्माणसहित नयाँ युगमा प्रवेश गरिसकेको छ’ सांसद गुरुङले भने– ‘ती दुई उदाहरणमा हामी कहाँनेर रहने भन्ने ठूलो चुनौती छ ।’ हरेक नेपाली नागरिकले आफूलाई मितव्यायी बनाई मुलुकलाई गुजरातजस्तै नयाँ युगमा लैजानुपर्ने बताए । मुलुकको सम्बृद्धिका लागि पनि संविधान कार्यान्वयन अनिवार्य रहेको गुरूङको तर्क थियो । पार्टी कार्यकर्ता प्रशिक्षणका लागि रोल्पा पुगेका गुरूङले हरेक नागरिक तथा नेतृत्वले फजुल खर्च बन्द गरेर संस्थागत भ्रष्टाचार रोक्नुपर्ने बताए ।

त्यस्तै नेपाली कांग्रेसकै अर्का सदस्य गुणराज घिमिरेले अहिलेको समकालीन राजनीतिक नेतृत्वले नेपालको सम्बृद्धि सम्भव नभएको ठोकुवा गरे । पहिलो तहका नेतृत्वले मुलुक कहिल्यै सम्बृद्ध नबन्दै भन्दै उनले दोस्रो तहका नेताको नयाँ उर्जाशील भिजनले मात्र पुनर्निर्माण तथा संविधान कार्यान्वयनको कार्य अगाडि बढाउने दावी गरे । प्रेस युनियनले बिहीबार रोल्पाको लिबाङमा आयोजना गरेको पत्रकार भेटघाटमा उनीहरुले यस्तो बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप