डेढ करोडका योजनामा पर्यटन पूर्वाधार
म्याग्दी – जिल्ला विकास समितिको कार्यालय म्याग्दीलाई प्राप्त भएको पर्यटन रोयल्टी शीर्षकको बजेट बिहीबार विभिन्न योजनाहरुका लागि वितरण गरिएको छ ।
स्थानीय विकास अधिकारी चिरन्जिवी पौडेलको अध्यक्षतामा बसेको बैठकले राजनीतिक दलका प्रतिनिधिहरुको सुझाव र जिल्ला परिषद्ले पारित गरेको योजनाहरुलाई प्राथमिकता दिएर बजेट बाँडफाँड गरेको हो ।
पर्यटन मन्त्रालयले उपलब्ध गराएको १७ लाख ३४ हजार रुपैयाँ बजेट विभिन्न नौ वटा योजनाहरुका लागि बाँडफाँड भएको जिविसको योजना शाखाले जनाएको छ । धौलागिरी आईसफल पदमार्गको रुइसे भेडीओडार, शिखको खयरबाराहीमा पूर्वाधार निर्माण र धौलागिरी बेसक्याम्पमा जलवायू परिवर्तन सम्बन्धि गोष्ठी गर्न ३/३ लाख रुपैयाँ छुट्याइएको योजना शाखाका खरिदार चन्द्रदत्त शर्माले बताए ।
यसैगरी नारच्याङको अन्नपूर्ण बेसक्याम्प पदमार्ग र घारदेखि शिख सडक मर्मतका लागि २/२ लाख, भकिम्ली स्वर्गाश्रम, ताकमकोट पदमार्ग निर्माणका लागि १÷१ लाख रुपैयाँ बाँडफाँड गरिएको छ । झाँक्रीपानी बरंजा पदमार्ग निर्माणका लागि एक लाख ४४ हजार र बेनपा ८ मा शिवालय मन्दिर निर्माणका लागि २० हजार रुपैयाँ छुट्याइएको छ ।
बजेट विनियोजन भएका योजनाको प्रभावित क्षेत्रका उपभोक्ताहरुको भेला गरि सम्झौता गर्न आउन जिविसले अनुरोध गरेको छ । ति योजनाहरु चालु आर्थिक वर्षभित्रमै सम्पन्न गरिसक्नुपर्ने छ । यसवर्ष पर्यटन सम्बन्धी अन्य शीर्षकमा बजेट बढेकाले रोयल्टी शीर्षकमा कम बजेट आएको जिविसले बताएको छ ।
यसवर्ष मुदी बगर हुँदै धौलागिरी बेसक्याम्प जाने पदमार्ग निर्माणका लागि २५ लाख रुपैयाँ बराबरको काम भैरहेको छ । यसैगरी, पर्यटन कार्यालय पोखराले पर्यटन पूर्वाधार निर्माणका ९५ लाख रुपैयाँ बराबरको योजना सञ्चालन गरेको छ । यसैगरी पर्यटन मन्त्रालयले धार्मिक स्थलहरुका लागि छुट्टै १७ लाख रुपैयाँको योजना पनि सञ्चालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण