जिशिअको कार्यकक्षमा लगाइएको तालाबन्दी खुल्यो
पोखरा–नेपाल विद्यार्थी संघ कास्कीले कास्कीका जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा लगाएको ताला दुई दिनपछि खोलेको छ ।
जिल्ला शिक्षा कार्यालय र नेविसंघबीच विगतका सहमति कार्यान्वयन गर्ने सम्वन्धमा विहीवार साँझ भएको सहमतिपछि ताला खोलिएको हो ।
वैशाख मसान्तसम्म माग पूरा गर्ने आश्वासन जिल्ला शिक्षा कार्यालय कास्कीले दिएपछि ताला खोलिएको नेविसंघ कास्कीले जनाएको छ । वैशाख मसान्तसम्म माग पूरा नगरे जेठबाट आन्दोलन चर्काउने नेविसंघका अगुवा मदनराज पौडेलले जानकारी दिएका छन् ।
यसअघि विहीवार विहान कास्कीका विद्यार्थी संगठन र निजी विद्यालयका बीचमा पाँच बुँदे भद्र सहमति भएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीमा बसेको सर्वपक्षीय बैठकले यो वर्ष कास्कीका निजी विद्यालयले शुल्क बढाउन नपाउनेबारे भद्र सहमति भएको हो ।
शुल्क निर्धारण अनुगमन समितिद्धारा प्रस्तावित शुल्कको सीमा निर्धारण गर्ने, जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुको प्रभावकारी रुपमा अनुगमन गर्ने, विद्यार्थीहरुद्धारा हाल भए गरेका सबै आन्दोलन फिर्ता लिनेलगायतका विषयमा सहमति भएको छ ।
बुधबार जिशिअको कार्यकक्षमा तालाबन्दी गरेको नेविसंघ कास्की भने बैठकमा सहभागि नभएको र उ सँग साँझ छुट्टै वार्ता गरेर निश्कर्ष निकालिएको कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिएका छन् ।
विद्यालयलहरुले नयाँ शैक्षिक सत्र सुरु हुने बित्तिकै केही प्रतिशत शुल्क बढाउँदै आएको गुनासो अविभावकहरुले गरेका थिए ।
अविभावकको गुनासोलाई सम्बोधन गर्दैै विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालय तथा नीजि विद्यालयको छाता संस्था प्याब्सनलाई दबाब दिँदै आएका थिए ।
अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले तत्कालको लागि नीजि विद्यालय र जिल्ला शिक्षा कार्यालयले केही शर्त पालना गर्ने भनेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए ।
उनले नेविसंघ र अन्य विद्यार्थीहरुको आन्दोलन एउटै भएकोले पछि सबै विद्यार्थी एक हुने जानकारी दिएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष नारायण बरालले विद्यार्थीको आन्दोलनको स्वरुप फरक भएपनि एजेण्डा एउटै भएको बताए ।
आज भएको वार्तामा नेविसंघ बाहेकका कास्कीका विद्यार्थी संगठन प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधीको सहभागिता रहेको कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्यले जानकारी दिएका छन् ।
यसअघि विद्यालयहरुले निजी विद्यालय अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिएका थिए । तर, सर्वपक्षीय बैठक बसेपछि उनीहरुले विद्यालय बन्दको कार्यक्रम समेत फिर्ता लिएको प्याब्सन कास्कीका अध्यक्ष चीनु रानाभाटले बताए ।
शैक्षिक माफियाकरणको अन्त्य, विद्यालयको अनुगमन, विद्यार्थीसँग विगतमा भएका सहमति कार्यान्वयनलगायतका विषयमा जिल्ला शिक्षा कार्यालयले वेवास्ता गरेको भन्दै नेविसंघले जिशिअको कार्यकक्षमा लगाएको ताला लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण