शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मिर्गौला रोगीलाई रु एकलाख २३ हजार सहयोग

शुक्रबार, १० वैशाख २०७३, ०९ : ०४
शुक्रबार, १० वैशाख २०७३

मोरङ– मिर्गौला रोगी मोरङको राजघाट—७ की सुकमाया लिम्बूको उपचारका लागि सङ्कलित रकम बिहीबार बेलुका हस्तान्तरण गरिएको छ ।

पथरीमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनकुमार तामाङको अगुवाइमा प्रतीक सुब्बा, दीपराज राई, विष्णु धिमाल, जयबहादुर तामाङ र पुष्प तामाङ, सञ्चारकर्मी तेजन खड्का लगायतको टोलीले उपचारका लागि सङ्कलन भएको एक लाख २३ हजार रुपैयाँ सुकमायाकी आमालाई सो रकम हस्तान्तरण गरिएको हो ।

मिर्गौला पीडित आर्थिक अवस्था नाजुक भएकाले उपचार गर्न छटपटाइरहेका कारण सो परिवारले आर्थिक सहयोग गर्न पथरी र शनिश्चरेवासीसँग आग्रह गरेको थियो । २४ वर्षीया सुकमायाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप