शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पाकिस्तानमा भ्रष्टाचार आरोपमा एघार सैनिक निलम्बनमा

शुक्रबार, १० वैशाख २०७३, ०९ : १७
शुक्रबार, १० वैशाख २०७३

पाकिस्तान– पाकिस्तानी सेना प्रमुख जनरल रहिल शरिफले विभिन्न ११ जना सैनिक अधिकारीलाई भ्रष्टाचार आरोपमा बिहीबार निलम्बन गरेका छन् ।

निलम्बितमध्ये दुई जना उच्च सैनिक अधिकारीसमेत रहेको बताइएको छ ।

पाकिस्तानी सैनिक स्रोतले सञ्चारमाध्यमलाई जनाएअनुसार निलम्बितमध्ये एक लेफ्टिनेन्ट जनरल र एक मेजर जनरल छन् भने चार जना ब्रिगेडिएर जनरल, एक जना कोलोनेल, तीन जना लेफ्टिनेन्ट कोलोनेल र एक मेजर रहेका छन् ।

उनीहरु सबै अफगानिस्तानको सीमास्थित दक्षिणपश्चिमी बोलोचिस्तान राज्यमा कार्यरत रहेका प्राप्त जानकारीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप