तीन थान पेस्तोल र बहुमुल्य मुर्तिसहित दुईजना पक्राउ
दुनै – उपल्लो डोल्पाको धो गाबिसस्थित वडा नं ६ मा रहेको महाकर गुम्बा र मेकिम गुम्बाको नजिकै गुम्बाका पुजारी ढिङ्गे लामा बस्ने घरबाट चैत्र २८ गते हराएका तीन थान मुर्ति र तीन थान पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धो गाबिस वडा नं ८ का २८ वर्षीय ढाक्पा गुरुङ्ग र सोहि ठेगानाका धवा गुरुङ्ग रहेका छन् । प्रहरीले निजहरुबाट पाकिस्तान ७७७११—५४ लेखेको पेस्तोल एक थान यसमा लाग्ने गोली तीन राउण्ड ,पाकिस्तान ए०११०१ लेखेको पेस्तोल एक थान तथा त्यसमा लाग्ने सात राउण्ड गोली, कटवा पेस्तोल एक थान गरेर तीन थान पेस्तोल त्यसमा लाग्ने तेह्र राउण्ड गोली बरामद गरेको हो । त्यस्तै उनीहरुबाट तीन थान तामा, काँस, पित्तलबाट बनेका बुद्धका मुर्ति, धर्मगन्थ तथा मुगा पुलिकका बहुमुल्य माला पनि बरामद गरिएको छ । वैशाख ८ गते उपल्लो डोल्पामा रहेको इप्रका छार्का बाट गएको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक धुब्र प्रसाद रावतले जानकारी दिए । आज सदरमुकाम दुनैमा पत्रकार सम्मेलन मार्फत बरामत हतीयार र अपराधिलाई सार्वजानिक गरिएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भईरहको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण