रोनाल्डोलाई थप दुई वर्ष रियलमै राख्ने तयारी
काठमाडौं – पर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई यस सिजनको अन्त्यमा बेच्ने तयारी गरेको रियल म्याड्रिडले आफ्नो पूर्ववत निर्णयबाट पछाडि हट्दै उनलाई थप दुई वर्ष क्लबमै राख्ने तयारी गरेको छ । बेलायती अनलाइन डेली मेलका अनुसार रोनाल्डोको करार अवधि थप गर्दै उनलाई सन् २०२० सम्म राखिनेछ । रियलको सर्वाधिक गोलकर्ता भए पनि रोनाल्डोको ढल्किँदो उमेरका कारण क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोलाई बेच्न चाहन्थे । यसका लागि पेरिस सेन्ट जर्मेनले ८० मिलियन पाउण्डसम्म तिर्न तयार रहेको थियो । तर, लगातार छैटौं सिजनमा ३० गोलको कोसेढुंगालाई रोनाल्डोले पार गरेपछि र उनको विकल्पको रुपमा हेरिएका गेराथ बेलले सिजनको धेरै समय घाइते हुँदै मैदान बाहिरनै बिताएपछि पेरेजले आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ । करार अवधि थप गरिए पनि रोनाल्डोको हालको करारमा भने धेरै फेरबदल नहुने अनुमान गरिएको छ । रोनाल्डोले हाल वार्षिक रुपमा १६.५ मिलियन पाउण्ड तलब पाउँछन् । यद्यपि, रियलले यस सिजनको अन्त्यमा नयाँ खेलाडीहरु जसरी पनि किन्नुपर्नेछ । सन् २०१७ को जनवरीदेखि रियलमाथि ट्रान्सफर प्रतिबन्ध लाग्नेछ । नयाँ खेलाडी भित्र्याउन स्रोत जम्मा गर्न रियलले केही खेलाडीहरुलाई बेच्नुपर्ने बाध्यता छ । पेरेजले यसका लागि रोनाल्डो उपयुक्त विकल्प सोचेका थिए । तर, त्यो योजना बदलिएपछि अब सम्भवतः हामेज रोड्रिगेज र इस्कोलाई क्लबले बेच्नेछ । राफा बेनिटेजको पालामा प्रशिक्षकको समर्थन गुमाएका दुवैले जिनेदिन जिदानको पालामा पनि खासै जम्न सकेका छैनन् । जिदान पनि रोनाल्डोलाई क्लबमै राख्ने पक्षमा रहेको बताइएको छ । मार्का पत्रिकाका अनुसार रोनाल्डो यदी रियलमा नै रहे र उनले यही दरमा गोल गर्ने हो भने अवकास लिनअघि क्लबका लागि ५ सय ७० गोल गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण