पाँच करोड कमाएका कनकमणिले कसरी खर्चे १२ करोड ?
काठमाडौं–अख्तियारलाई आफ्नो सम्पत्तिको फर्जी विवरण बुझाएर कानुन विपरीत आचरण गरेको र अनुसन्धानमा असहयोग गरेको भन्दै पक्राउ परेका साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले स्वेदशमाभन्दा विदेशका बैंकहरुमा धेरै पैसा जम्मा गरेको पाइएको छ । अमेरिका र बेलातका विभिन्न बैंकहरुमा एकल र संयुक्त खाता संचालन गरेका दिक्षितले अमेरिकामा आजभन्दा करिब पाँच बर्षअघि श्रीमतीको नाममा फ्ल्याट खरिद गरेको अख्तियारले जनाएको छ । श्रीमती शान्ता दिक्षितको नाममा खरिद गरेको उक्त फ्ल्याटको मुल्य चार लाख ३५ हजार डलर पर्ने बताइएको छ ।
अकुत सम्पत्ति आर्जन गरेको भन्दै लामो समयदेखि अख्तियारको छानविनमा तानिएका दिक्षितले विभिन्न निकायबाट लिएको तलब, भत्ताबापत पाँच करोड आम्दानी गरेको देखिए पनि १२ करोडभन्दा बढि खर्च गरेको अख्तियारले जनाएको छ । अख्तियारले पक्राउ गरेर अुनसन्धान थालेसँगै दिक्षितले अब आम्दानीभन्दा बढी खर्च गरेको सात करोडको आयस्रोत देखाउनुपर्ने छ ।
साझा यातायातको अध्यक्ष हुँदा पदिय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेका दिक्षितले साझा यातायातको नाममा रहेको विरगञ्जको जग्गा सरकारसँगको अनुमती बिना हचुवाका भरमा बेचेका थिए । त्यस्तै साझाको १६ वटा बस खरिद गर्दा सार्वजनिक खरिद ऐनको पालना नगरेको र स्वेच्छाचारी ढंगले काम गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, ललितपुरको लामाटारमा अवस्थित बानेश्वर महादेव गुठीको नाममा रहेको ‘काठमाडौं मठ’ को जग्गा रैकरमा परिणत गरी दिक्षितले आफ्नी श्रीमती र भाउजु मिलन दिक्षितको नाममा पास गराएका थिए । ०६१ सालमा यसरी बद्नियतपूर्ण तबरले गुठीको जग्गा सस्तो मुल्यमा अवैध तरिकाले हत्याउने कार्यमा दिक्षित संलग्न रहेको अख्तियारले दावी गरेको छ ।
नेपालमै सबैभन्दा महंगो रातो बंगला नामक स्कुल संचालन गरेका दिक्षितले ब्रह्मलुट मच्चाएको र अभिभावकलाई पीडा दिएको ठहर गर्दै निजले कर छली गरेको हकमा समेत सम्बन्धित निकायबाट अनुसन्धान हुनुपर्ने अख्तियारको ठहर छ ।
विदेशी बैंकमा पैसै–पैसा ! स्वेदशमाभन्दा विदेशी बैंकहरुमा धेरैवटा खाता खोलेका दिक्षितको नाममा रहेको अमेरिकाको चेस बैंकका दुईओटा खातामा १७ हजार दुई सय अमेरिकी डलर रहेको पाईएको छ । त्यस्तै बेलायतको एचएसबीसी बैंकमा कनकमणी र शान्ता दिक्षितको नाममा रहेका दुई वटा खातामा २७ हजार ६ सय ३८ पाउण्ड स्ट्रलिङ मौज्दात रहेको देखिएको छ ।
श्रीमती शान्ताको नाममा रहेको बेलायतको एचएसबिसि बैंकमा करिब २९ हजार अमेरिकी डलर र उनकै नाममा रहेको अमेरिकीको एपल बैंकमा चार हजार १२६ पाउण्ड स्ट्रलिङ मौज्दात रहेको खुलेको छ ।
उनका बाबु कमलमणि दिक्षित, अन्जु दिक्षित र कनकमणि दिक्षितको नाममा रहेको लण्डनको एचएसबिसि बैंकको संयुक्त खाताबाट दिल्लीमा रहेको म्याट्रिक्स टिभी प्रा.ली.को नाममा पचास हजार अमेरिकी डलर पठाएको भेटिएको छ । यसरी लण्डनबाट दिल्लीमा पैसा पठाएको कुरा दिक्षितले राष्ट्र बैंकलाई जानकारी नगराएको अख्तियारले जनाएको छ ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा दिक्षितको नाममा ३६ हजार कित्ता शेयर लगानी रहेको पाइएको छ । बेलायतको एचएसबिसि बैंकमा दिक्षित र उनको श्रीमतीको संयुक्त नाममा एक लाख बिस हजार कित्ता साधारण शेयर रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
आधा दर्जनभन्दा बढी विदेशी संघ–संस्थाबाट विभिन्न मितिमा ११ करोड १२ लाखभन्दा बढी रकम दिक्षित अध्यक्ष रहेको साउथ एसिया ट्रस्ट नामक संस्थालाई प्राप्त भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण