शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दलितहरुको पुजामा पण्डित पनि दलित नै

शुक्रबार, १० वैशाख २०७३, १९ : १४
शुक्रबार, १० वैशाख २०७३

गुल्मी– गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीमा दलित समुदायको हरेक पुजा–पाठहरुमा पण्डित्याईं आफ्नै समुदायका एक व्यक्तिले चलाउँदै आएका छन् । झण्डै डेढ दशकदेखि अर्घाखाँची मैदान–५ का ५३ वर्षीय नन्दलाल विश्वकर्माले यी दुई जिल्लामा रहेका दलित समुदायहरुको पुजा पाठमा ब्राम्हणले जस्तै विधिवत् पाठ गरी पण्डित्याईं गर्दै आएका हुन् ।

उच्च हाँसिल गरेर शिक्षण पेशा गर्दै आएका विश्वकर्माले २०५५ देखि २०५६ सम्म हरिहर संस्कृति विद्यापिठ खिदीममा संस्कृति पढेर उत्तरमध्यमा उत्तिर्ण गरी हालसम्म दुई जिल्लाका करिब डेढ सय घरमा पुजापाठ चलाएको बताए ।

श्रीकृष्ण उच्च माध्यामिक विद्यालय मैदान अर्घाखाँचीमा २५ वर्षदेखि प्रावि तहका शिक्षक रहेका विश्वकर्मालाई उनका छिमेकी ब्राम्हण, क्षेत्रीहरुले समेत ‘पण्डित जी’ भनेर सम्वोधन गर्ने गर्दछन् । ‘त्यस विद्यापिठमा ३ जन दलितसहित ४५ जनाले संस्कृति पढेका हौं’ विशवकर्माले भने– ‘खै अरुले पण्डित्याईं गरेकी गरेनन् तर मैले गर्दै आएको छु र भ्याई–नभ्याई छ ।’

पण्डित्याईं दलित गैह्रदलित जसले गरे पनि हुन्छ भन्दै उनले दलित समुदायका अलवा ब्राम्हण समुदायले समेत संस्कृति पढ्न छाडेकोप्रति चिन्ता र हिन्दु धर्म परिवर्तन गर्न खोज्नेहरुप्रति खेद प्रकट गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप