शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एमाले र एमाओवादीको काम कम्युनिष्टको आचरणविरुद्ध : डा भट्टराई

शुक्रबार, १० वैशाख २०७३, १९ : ३८
शुक्रबार, १० वैशाख २०७३

रुपन्देही– नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेकपा एमाले र एकीकृत नेकपामाओवादीले कम्युनिष्ट पार्टीको आचरणविरुद्ध काम गर्दै हिडेको आरोप लगाएका छन् ।

मधेस जागरण अभियानअन्तर्गत आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता भट्टराईले एमाओवादी र एमालेले आफूलाई कम्युनिष्ट भन्दै हिँडे पनि व्यवहार, आचरण र संस्कार कम्युनिष्टको नभएको तर्क गरे ।

नेता भट्टराईले कम्युनिष्टमा सिद्धान्त र व्यवहारमा एकरुपता हुनुपर्नेमा एमाले र एमाओवादी दुवैले कम्युनिष्टको नाममा जनतालाई ठग्ने काम मात्र गरेको आरोप लगाए ।

मधेसी जनता देशभक्त र राष्ट्रवादी भएको तर्क गर्दै डा भट्टराईले छालाको रङ र भाषालाई हेरेर अरुलाई भारतपरस्त र आफूलाई मात्र राष्ट्रवादी देख्नेले मुलुकलाई निकास नदिने धारणा राखे ।

नेता भट्टराईले भने, “हिमाल, पहाड र तराइ–मधेसका सबै जाति, भाषा, धर्म र संस्कृति सबैलाई जोड्नु नै सच्चा राष्ट्रियता हो ।”

यसैबीच नेता भट्टराईले आजै भैरहवाको नयाँ सडकमा नयाँ शक्ति नेपालको जिल्ला पार्टी कार्यालयको उद्घाटनसमेत गरे ।

वीरगन्ज– यस्तै संयोजक डा भट्टराईले मुलुकको दिगो विकास र समृद्धिका लागि नयाँ राजनीतिक धारको रुपमा नयाँ शक्तिको उदय भएको बताएका छन् ।

सप्तरीको भारदहबाट सुरु गरेको सप्ताहव्यापी मधेस स्वाभिमान जागरण अभियानअन्तर्गत आज पर्साको ठोरीमा आयोजित एक कार्यक्रममा उनले भने – “मुलुकको विकास र समृद्धिलाई केन्द्रमा राखेर नयाँशक्ति नेपाल अगाडि बढिरहेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप