पुतलीसडकमा बसले भ्यानलाई ठक्कर दिएपछि बस लिएरै चालक फरार, ३० मिनेटमै नियन्त्रणमा
शनिबार, ११ वैशाख २०७३, ०७ : ०१
काठमाडौं–पुतलीसडक चोकमा प्राभइभेट भ्यानलाई सिटी बसले ठक्कर दिँदा बस नै लिएर फरार भएका चालक बौद्वबाट पक्राउ परेका छन् । डिल्लीबजारबाट आएको भ्यानलाई सुन्दरीजलबाट रत्नपार्क आएको बसले पुतलीसडक चोकमा ठक्कर दिएको हो ।
ठक्कर दिएर फरार भएका चालक मोहन गुरुङलाई आधा घण्टामा नै पक्राउ परेका हुन् । चितवन घर भएका गुरुङ यो पेशामा लागेको धेरै समय भएको बताउँछन् ।
बिहानै ६ बजे बा१०च ५४११ नम्बरको भ्यानलाई बा३ख ४९१८ नम्बरको बसले ठक्कर दिएको हो । भ्यानमा सवार २ जना नै घाइते भएका छन् । उनीहरुको अहिले मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण