शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हिमाली पाटनमा खटिने प्रहरीलाई सुरक्षार्थ तालिम

शनिबार, ११ वैशाख २०७३, ०८ : ००
शनिबार, ११ वैशाख २०७३

डोल्पा– यार्सा सङ्कलन अवधिभर हिमाली पाटनमा हुने विभिन्न प्रकारका घटना नियन्त्रणका लागि खटिने प्रहरी जवान तथा अधिकृतलाई व्यक्तिगत सुरक्षा तालिम प्रदान गरिएको छ ।

समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा बसेका प्रहरीलाई सुरक्षाका लागि एक्कासि चार हजार मिटरभन्दा माथिका हिमाली पाटनमा जाँदा अक्सिजनको कमीले लेक लागेर बिरामी पर्ने भएकाले त्यसबाट बच्ने उपाय र अन्य यार्सा सङ्कलकलाई बचाउने विधिबारे तालिम दिइएको प्रहरी नायब उपरीक्षक धुव्रप्रसाद रावतले बताए ।

यो तामिलपछि पाटन गएका प्रहरीले आफूसँग भएको औषधिबाट बिरामी यार्सा सङ्कलकको सामान्य उपचार गर्न सक्ने उनको भनाइ छ ।

चार दिनसम्म चलेको तालिममा जिल्लाका विभिन्न प्रहरी चौकीबाट आएका प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो ।

जेठ पहिलो हप्तादेखि डोल्पामा रहेका विभिन्न हिमाली पाटनमा हजारौँ सङ्ख्यामा सर्वसाधारण जाने गर्दछन् । यार्सा टिप्ने याममा हुने हत्या, चोरी, झैँभगडा जस्ता घटना नियन्त्रण गर्न हरेक वर्ष सयाँै प्रहरी हिमाली पाटन जाने गर्दछन् ।

यस वर्ष पनि डोल्पाका हिमाली पाटनहरुमा १५० भन्दा बढी प्रहरी जवान तथा अधिकृत खटाइने प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप