२३ औं काग्युर (त्रिपिटक) पाठ तथा विश्वशान्ति पुजा कार्यक्रम सम्पन्न
काठमाडौं–भगवान् पाउ काठमाडौंः नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ती चक्र संघ (ने.अ.वौ. वि.च.स.) को कार्यक्रम सम्पन्न भएको छ । उप–केन्द्रीय कार्यालयको आयोजनमा हुने वार्षिक २३ औं काग्युर (त्रिपिटक) पाठ तथा विश्वशान्ति पूजाको समउद्घाटन आपूर्तिमन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यतामा र समापन पूर्व–मन्त्री भिम बहादुर नेगिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यसैगरी कार्यक्रममा संघका महासचिव प्रेम दोर्जेवल लामाले संघले देशमा बुद्धका उपदेशहरु र बुद्धवाणीहरुको प्रचार प्रसार कार्यक्रमहरु ७५ वटै जिल्लामा संचालन गरिरहेको कुरा अवगत गराउँदै त्यस समय बीच विभिन्न समस्याहरु झेल्नुपरेको बताए ।
झाँक्रेविहार सुर्खेत काण्ड प्रमुख समस्या भएको पनि उनले बताए । बुद्धको मुर्तिको पुनस्र्थापना गर्न गराउन लामाले मन्त्री पुन र पूर्व–मन्त्री नेगिलाई आग्रह समेत गरेका छन् ।
यसै विषयलाई लिएर मन्त्री पुन र पूर्वमन्त्री नेगिले आफूहरु क्राँक्रेविहार सुर्खेत काण्डलाई सुल्झाउन प्रयत्नरत रहेको र हुने बताए । साथै मन्त्री पुनले आफू कम्युनिष्ट प्रशिक्षार्थी भएर पनि बौद्ध धर्मको संरक्षण र संबद्र्धन गर्न आफू तत्पर हुने जनाए ।
मन्त्री नेगिले आफू संस्थाको स्थापना कालदेखि नै सँंस्थाको हरेक संगठनात्मक कार्य वा प्रचारप्रसारात्मक कार्यक्रमलाई सँधै सहयोग गरेको र गर्न तत्पर रहेको बताए ।
पाँच दिने कार्यक्रम वैशाख ५ गतेदेखि वैशाख पूर्णिमा १० गतेसम्म भएको थियो ।
विश्व प्राणी जगतको उद्दार र विश्व शान्तिको कामनाको ध्येयले संचालन गरिएको यस कार्याक्रम खेम्पो गुरु पेमा साम्बा लामाको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्याक्रमको उद्घाटन पुर्व मन्त्री वर्षमाव पुण (आपूर्ती मन्त्री) ज्यूको प्रमुख अतिथित्वमा भएको थियो भने समापन पुर्व मन्त्री भिम बहादुर नेगि ज्यूको प्रमुख अतिथित्वमा भएको थियो । पुजा कार्याक्रम प्रमुख धर्मगुरु भिक्षु गुरु कर्म ज्ञान सागर लामा (रिन्पोछे) ज्यूको नेत्रित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको समउद्घाटन मन्त्रिवर्षमान पुणले त्रिपिटक ठेली प्रमुख लामा गुरुलाई हस्तान्तरण गरेर सम्पन्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण