नवलपरासीमा आगलागी, ५ लाख बराबरको क्षति
मङ्गलबार, १४ वैशाख २०७३, ०७ : ५३
नवलपरासी –नवलपरासीको नारायणी नदि छेउको कुडिया गाविसमा राती ११ बजे आगलागी हुँदा तीन ओटा घर जलेर नष्ट भएका छन् ।
राती लामखुट्टे धपाउन घर नजिकै बालेको आगो घरमा सल्केपछि आगलागी भएको स्थानीयबासीले जनाएका छन् ।
कुडिया–९ बस्ने हिराबहादुर चौधरी, जित बहादुर चौधरी र उनका भाईको गरी तीन घर जलेर नष्ट भएको हो ।
आगलागीबाट तीन जनाको ५ लाख बराबररको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
घरमा रहेका भाँडाकुडा, लत्ताकपडा र खाद्यान्नलगायत सबै जलेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण