शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुनःनिर्माण गर्ने योजना पाँच वर्षभित्र पूरा गर्नेछौँ : उपप्रधानमन्त्री थापा

मङ्गलबार, १४ वैशाख २०७३, ११ : १४
मङ्गलबार, १४ वैशाख २०७३
वासिङ्टन डिसी - नेपालमा गएको प्रलयकारी भूकम्पको पहिलो वर्ष वासिङ्टन डिसीस्थित युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिसले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापासँग एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले पुनःनिर्माणको पहिलो प्राथमिकता निजी घरको निर्माण त्यसपछि बाटो र पुल अनि स्कुल र स्वास्थ्य चौकी, पर्यटकीय स्थानको हुने बताएका छन् । उनले नेपालले भूकम्पबाट नौ हजार मानिसको जीवन गुमाउनु परेको, छ लाख घरधुरी बस्न नहुने गरी भत्किएको र सात अर्ब अमेरिकी डलरको क्षति भएको जानकारी दिए । उपप्रधानमन्त्री थापाले भने, ‘‘हामीले आफन्त र सम्पत्ति गुमाएका छौँ तर आशा गुमाएका छैनौँ । हामी नेपाल पुनःनिर्माण गर्ने योजना पाँच वर्षभित्र पूरा गर्नेछौँ । यसको लागि अन्तर्राष्ट्रिय समुदायको आर्थिक सहयोगको खाँचो रहेको छ ।’’ उनले पुनःनिर्माणलाई समेत सहयोग पुगोस् भनेर आगामी कात्तिकमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिए। संविधानका कतिपय विषयमा आफू असहमत भए पनि सहमतिको दस्तावेज भएकाले आत्मसात् गरेको उनको भनाइ छ । अमेरिकाको महत्वपूर्ण ‘थिङ टयाङ्क’को रुपमा लिइने उक्त फोरममा उपप्रधानमन्त्री थापाले संविधान ८२ प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको एक गतिशील दस्तावेज भएकाले यसलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने अन्तर्राष्ट्रिय समुदायको माझमा बताए। कार्यक्रममा दक्षिण तथा केन्द्रीय एसियाली मामिला व्युरोकी सहायक मन्त्री निशा देसाई विसवालले भूकम्पको पीडाको प्रत्यक्ष अनुभूति तगर्ने अवसर पाएको स्मरण गर्दे नेपालले मबजुत नेपाल बनाउन सक्नेमा आफू विश्वस्त भएको बताइन् । उनले भनिन – ‘‘भूकम्प गएलगत्तै म नेपाल गएको थिएँ, त्यो बेला नेपालीले कठिन घडीलाई सहजरुपमा लिन प्रयत्न गरेका थिए ।’’ कार्यक्रमलाई इन्स्टिच्युटकी अध्यक्ष न्यान्सी लिण्डवर्गले सहजीकरण गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप