एउटै घर जग्गा देखाएर दुई जना ठग्ने भण्डारी प्रहरी फन्दामा
मङ्गलबार, १४ वैशाख २०७३, १७ : ३५
काठमाडौं– ठगीको अभियोगमा सिन्धुपाल्चोक पेड्पु वडा नं.९ बस्ने सागर कुमार भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उनले काठमाण्डौ गोठाटारमा भएको एक तले घरको मुल्य ६० लाख कायम गरी ललितपुरका अशोक बहादुर मल्लसँग बैंना स्वरुप ३० लाख लिएर नदिएको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पछि अनुसन्धानको क्रममा उनले नयाँ बानेश्वर बस्ने विक्रम महर्जनलाई समेत सोही घर दिन्छु भनि हार्डवयर पसलबाट २८ लाखको सामान लगि सम्पर्क विहिन भएको खुल्न आएको थियो ।
राजधानीको सुन्धाराबाट पक्राउ परेका भण्डारीलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण