बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राज्य सामन्तको हातमा छ : प्रभाकर

मङ्गलबार, १४ वैशाख २०७३, १९ : २६
मङ्गलबार, १४ वैशाख २०७३

सल्यान–एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले अझैं पनि सामन्त तथा दलालहरुको हातमा राज्य सत्ता रहेको बताएका छन् । देश गणतन्त्रमा प्रवेश गरी सकेको भएपनि राज्य दलाल, पुजिँपति वर्ग, नोकरशाही वर्गको हातमा रहेको बताए ।

वाइसियल सल्यानको तेस्रो जिल्ला सम्मेलनको मंगलबार खलंगामा आयोजित कार्यक्रममा बोल्दै नेता शर्माले दलाल नोकरशाही पुजिँपतिका विरुद्ध लड्न बाँकी रहेको बताए । प्रभाकरले जारी संविधान कार्यान्वयका लागि यूवाहरु क्रियाशिल हुनुपर्नेमा जोड दिए । युवाहरुको त्याग तपस्या र बलिदानवाट प्राप्त उपलब्धी संविधानमा संस्थागत भएकाले यसको कार्यान्वयनका लागि सबै युवाहरु संगठित भएर क्रियाशिल हुनुपर्ने बताए ।

उनले भने– ‘१० वर्षको जनयुद्ध र जनआन्दोलनवाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिपेक्षतालगायतका जनताका अधिकार फेरी एकपटक आन्दोलीत बन्न आवश्यक छ । राजनैतिक रुपमा जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दे समाजवादी क्रान्तिको लागि संविधानले मार्ग प्रशस्त गरेको छ ।’ जनताले विकास, आर्थिक समृद्धि चाहेका छन् आर्थिक उत्पादन र विकास सँगसँगै लैजानु पर्नेमा उनले जोड दिए ।

लेखा समितिका सभापति समेत रहेका प्रभाकरले ६ नम्वर कर्णाली प्रदेश सुनको डल्ला भएको बताए । उनले भने– ‘जलस्रोत, उर्जा, कृषि, जडिवुटी र पर्यटनका सम्भावनाले भरिएको छ । यो प्रदेश सुनको डल्ला हो । यसलाई बनाउन असल कालीगड चाहिएको छ ।’

त्यो माओवादीले मात्र पुरा गर्नसक्छ । आफूले कर्णाली प्रदेशको समग्र विकासको सपना देखेको र त्यसलाई योजनाका रुपमा अघि सारिएको भन्दै प्रभाकरले कार्यान्वयनका लागि दृढ संकल्प र ईच्छा शक्ति, विभिन्न राजनैतिक दलनिकटका युवाहरुलाई समेत सहयोग गर्न उनले आह्वान गरे ।

अबको आन्दोलन बन्दुकबाट हुँदैन जनताको सहभागितमा उत्पादनमा हामी औजार लिएर जादैछौँ । तर यसमा कसै कतैबाट रोकियो भने बन्दुक पनि उठ्न सक्छ । उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप