बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

च्याम्पियन्स लिग सेमिफाइनल : रोनाल्डो–बेल रोक्न सिटीले के गर्ला ?

मङ्गलबार, १४ वैशाख २०७३, १९ : ३७
मङ्गलबार, १४ वैशाख २०७३

म्यान्चेस्टर – म्यानूयल पिलिग्रिनीलाई गत साता सोधिएको थियो । म्यानचेस्टर सिटीको भ्रमणमा रहेका रियाल म्याड्रिडका खेलाडीमध्ये को मनपर्छ ? उनले सोच्न नभ्याउँदै जवाफ फर्काए, क्रिष्टियानो रोनाल्डो । तर उनले यो पनि भने कि ग्यारेथ बेल र करिम बेन्जामालाई कमजोर आँक्नु आफ्नो टोलीका लागि मुर्खता हुनेछ । पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको सिटीलाई सबैभन्दा ठूलो चुनौती भनेकै गोलको वर्षा गर्ने यी तीन खेलाडीलाई रोक्नु हुनेछ । यद्यपि, बेन्जेमा भने खेल्ने अनिश्चित छ ।

के तीन खेलाडीलाई कसरी रोक्ने ? जब सन् २०१३ मा रियाल म्याडिडले ग्यारेथ बेललाई भित्र्यायो । त्यतिबेला टोलीकै एक खेलाडीले प्रश्न उठाएका थिए ः बेल उत्कृष्ट छन् । तर उनले त्यही गर्छन्, जो रोनाल्डोले अहिले गरिरकेका छन् । फेरि किन उनलाई ल्याइयो ? दुबै खेलाडी बलियो रक्षापंक्तीलाई तहस नहस पार्न माहिर छन् । दुबै खेलाडीलाई रोक्न गाह्रो छ । दुबै खेलाडीको सुटिंग पावर उत्कृष्ट छ । उनीहरु आ आफ्नो विंगस्बाट शक्तीशाली प्रहार गर्न माहिर छन् । बेल डेड बललाई समेत जाली चुमाउन माहिर छन् । उनीहरुकै कारण अन्य टोलीका प्रशिक्षकहरुले रणनीति परिवर्तन गर्नुपर्ने बाध्यता छ । सन् २०१४ मा पेप गार्डीओलाले उनीहरुकै कारण टोलीको रणनीति परिवर्तन गरेका थिए र त्यसको मुल्य चुकाए । पहिलो लेगमा एक शुन्यले पराजित भएपछि गार्डीओलको टिप्पणी थियो ः उनीहरु काउन्टरमा विश्वकै उत्कृष्ट टिम हुन् । उनीहरुलाई कुद्न दिनु भनेको टोलीलाई रुवाउनु हो । दोस्रो लेगमा बार्यन आफ्नै घरेलु मैदानमा चार शुन्यले पराजित भयो । पेलिग्रिनीले यही कुरालाई बुझेका छन् र उनी रियालको घरेलु मैदानमा पुग्दा पछाडि परेको अवस्थामा रहन चाहन्नन् । २–० ले पहिलो लेगमा जितेको वुल्फस्बर्गले सेमिफाइनलको यात्रा तय भयो भन्ने सोचेको थियो । तर, दोस्रो लेगमा रियलको घरेलु मैदानमा ३–० ले स्तब्ध भयो । त्यसमा नायक थिए, रोनाल्डो । त्यसैले म्यानचेस्टर सिटी कुनै पनि हालतमा रोनाल्डोलाई तनावमा राख्न चाहन्छ । रोनाल्डोले तनावमा हुदाँ राम्रो खेल्न सक्दैनन् । यसै सिजन उनले विपक्षी टोलीका दुई खेलाडीलाई तनावका कारण मैदानभित्रै प्रहार गर्न गए । त्यसैले निरन्तर रोनाल्डोलाई दबाब दिएर तनावमा ल्याउने योजना सिटीले बनाउन सक्छ । कस्तो छ खेलाडीहरुको फर्म बेन्जेमा घाइते छन् । रोनाल्डो पनि गत साता भिल्लारियालविरुद्धको खेलमा अन्त्यतिर मैदानबाट बाहिरिएका थिए । तर शुक्रबार उनको स्क्यान गर्दा कुनै चोट देखिएन । त्यसकारण उनले खेल्ने पक्का छ । शनिबार ग्यारेथ बेलले पुरै ९० मिनेट खेलेनन् । तर टोली दुई शुन्यले पराजित भएको अवस्थामा जीत दिलाउन उनले निर्णायक भूमिका खेले । रोनाल्डो बेल सम्बन्ध बेलले धेरै पटक रोनाल्डोसँग कुनै समस्या नरहेको बताएका छन् । तर प्रत्येक पटक उनले यसो भनिरहदा रोनाल्डोले उनलाई आवश्यक पास उपलब्ध नगराएको देखिन्छ । पछिल्लो दुई वर्ष ६ महिनामा उनीहरुबीच तालमेल नमिलेको विषयलाई नकार्न भने सकिन्न । आक्रमणमा रोनाल्डो माहिर छन् । ड्रेसिङ रुपमा पनि उनको प्रभाव बढी छ । म्याड्रिडमा आउने कुनै पनि खेलाडीले रोनाल्डोसँग राम्रो सम्बन्ध भयो र उनलाई पास दियो भने म्याड्रिडमा टिक्न सकिन्छ भन्ने मानसिकता बनाउँछन् । त्यस्ता खेलाडी पनि छन् जो रोनाल्डो कुदेको हेर्छन् र उनलाई पास उपलब्ध गराउँछन् । तर बेलले सुरुआतदेखि नै यस्ता विषयलाई चिर्न संघर्ष गर्नुपरेको छ । यद्यपी रोनाल्डोले पनि ड्रेसिङ रुममा बेलको प्रशंशा गर्ने गरेका छन् । पछिल्लो दुई महिना बेल चोटका कारण मैदान बाहिरै रहेपछि रोनाल्डोले टोलीमा उनको अभाव खड्किएको बताएका थिए । यसपछि रोनाल्डो र बेलको तालमेल केही मिल्न थालेको छ । अब म्याडिडलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन उनीहरु केवल १ सय ८० मिनेटले टाढा छन् । त्यसैले पनि यसपटक उनीहरुबीचको एकता सुदृढ देखिएको छ । दुबैले मिलेर तीन वर्षको अवधिमा दुईवटा च्याम्पियन्स लिग जित्नसक्छन् । बेलले दाहिने तथा रोनाल्डोले देब्रे विंगसबाट उत्कृष्ट खेल्दा रियालको डिफेन्स दबाबमुक्त हुनेछ । म्यानूयल पिलिग्रेनीले जेसस नाभास र डेभिड सिल्भालाई अगाडी खेलाउँदा मार्सेलोले आक्रमण गर्ने मौका पाउनेछन् । नाभासले क्रस उपलब्ध गराउन पाए सर्जियो अग्वुरो म्याड्रिडका लागि घातक सिद्ध हुनेछन् । बेन्जामाको सट्टा कसले खेल्छ ? लुकास भाजक्वेजले बेन्जामाको सट्टामा खेल्न सक्नेछन् । उनले पछिल्ला चार खेलमा तीन गोल गरिसकेका छन् । उनले अग्रपंक्तिबाट खेल्दा रोनाल्डोले पनि धेरै समय सेन्ट्रल स्टाइकिङ पोजिसनबाट खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप