राजनीतिक आन्दोलनले स्थापित नेपालको परिचय अब खेलकूदबाट : अध्यक्ष प्रचण्ड
काठमाडौं–अध्यक्ष प्रचण्डले केही वर्ष पहिलो राजनीतिक आन्दोलनले विश्वभरी एक ढंगले स्थापित गरेको नेपालको परिचय अहिले खेलाडीहरुबाट विभिन्न स्तरमा भएको बताएका छन् । अखिल नेपाल खेलकूद संघद्वारा आज राजधानीमा आयोजित प्रथम स्व. लक्ष्मण शमसेर थापा र स्व. पोष्टबहादुर बोगटी स्मृति बक्सिङ ट्रुर्नामेन्टको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिका निरस कार्यक्रमका बीचबाट खेल प्रतियोगिताका कार्यक्रममा सहभागी हुँदा मलाई धेरै नै हर्ष र खुसी लाग्छ ।’
नेपालमा अहिले अरु सबै क्षेत्रभन्दा केही आशा गर्न सकिने र गर्व गर्न सकिने क्षेत्र भनेको खेल क्षेत्र नै भएको उनको भनाई थियो ।
उनले त्यसको निम्ति सबै खेलाडीहरु, आयोजकहरु र यसमा सहयोग गर्ने सबैलाई विशेष रुपले धन्यवाद पनि दिए । उनले भने, ‘खेल क्षेत्रले नेपाललाई परिचित गर्ने र जनतामा आत्मा–अनुशासन पैदा गर्ने अभियान जारी रहोस् भन्दै आफू सधै खेलाडीहरु कै साथमा रहने बताए । कार्यक्रममा पार्टीका सचिव तथा नेपाल सरकारका उर्जा मन्त्री टोपबहादुर रायामाझीको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण