म्याग्दीको आवाधिक जिल्ला विकास योजना तयार गरिँदै
म्याग्दी – म्याग्दी जिल्लाको पाँच वर्षे आवधिक जिल्ला विकास योजना बनाउने तयारी भएको छ ।
आर्थिक वर्ष २०७३/७४ देखि ०७७/७८ सम्म जिल्लाको विकासका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमको लक्ष्य निर्धारण सहितको रुपरेखा तयार पार्न आवधिक योजना बनाउन लागिएको हो । जिल्ला विकास समितिले बनाउन लागेको योजनामा जिल्लाको विकासका सम्भावनाको लक्ष्य र त्यसलाई सफल बनाउन गर्नुपर्ने क्रियाकलाप उल्लेख गरिने स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार आवधिक योजनालाई आधार बनाएर विषयगत कार्यालय र संघ संस्थाले योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । आवधिक योजनाले विकास गतिबिधिलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । म्याग्दीमा दोस्रो पटक आवधिक जिल्ला विकास योजना तयार पार्न लागिएको हो ।
यसअघि तयार पारिएको आवधिक जिल्ला विकास योजनाको समयावधि आर्थिक वर्ष २०६३/६४ देखि सकिएको थियो । जिल्ला विकास योजना तयार गर्न जिविसले गत कात्तिकमा नेष्ट ईको कोड नेपाल नामक परामर्शदाता कम्पनीसंग १८ लाख ६८ हजार ४२६ रुपैयामा सम्झौता गरेको थियो ।
सम्झौता अनुसार आगामी असार महिनाभित्र परामर्शदाता कम्पनीले योजना तयार पारेर जिल्ला विकास समितिलाई उपलब्ध गराउने गरि काम गरिरहेको जिविसका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिए । प्रारम्भिक चरणमा जिल्लाका सरोकारवालाहरुलाई आवधिक योजनाको महत्वका बारेमा जानकारी गराउने, उनिहरुसंग राय सुझाव लिने र विषयगत कार्यालय तथा संघ संस्थाबाट तथ्याङ्क संकलनको कामलाई तिब्रता दिएको कम्पनीले जनाएको छ ।
पुर्वतयारी, विषयगत र ईलाका स्तरमा गोष्ठि गरेर स्थानीय स्तरका आवश्यकता पहिचान गरेर अहिले तथ्याङ्क संकलन र जिल्ला स्थित सरोकारवालासँग सुझाव लिने काम भैरहेको संस्थाका प्रतिनिधि शोभा पौडेलले बताए । उनका अनुसार संकलित तथ्याङ्क र समस्यालाई विश्लेषण गरेर दिर्घकालीन सोच गोष्ठि गरि त्यहाँ प्राप्त सुझावको आधारमा आवधिक योजनालाई अन्तिम रुप दिने तयारी भएको छ ।
यसैबीच जिल्लाका सारोकारवालाहरुले भने आवधिक जिल्ला विकास योजना जस्तो दिर्घकालीन महत्व राख्ने दस्तावेज तयार गर्ने कामलाई औपचारीकतामा सिमीत बनाइएको भन्दै जिविस र सम्बन्धित कम्पनीप्रती गुनासो गरेका छन् । समुदाय स्तरमा नपुगीकन आवधिक योजना बनाउँदा वास्तीक आवश्यकता पहिचान नुहने र योजना कार्यान्वयनमा समस्या हुने सरोकारवालाहरुको भनाई छ । गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले आवधिक जिल्ला विकास योजनालाई ब्यवहारीक कार्यान्वयन गर्न सकिने किसीमको बनाउनुपर्ने बताउ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण