त्रिपुराकोट बगरमा महिला र युवा भवन निर्माण
डोल्पा–डोल्पाको त्रिपुराकोट गाउँ विकास समिति स्थित वडा नं. २ बगरमा बजारमा महिला र युवा भवन निर्माण गर्न लागिएको छ ।
भवन डिभिजन कार्यलय जुम्लाको चार लाख सहयोगमा उक्त तिनकोठे भवन निर्माण गर्न लागिएको हो ।
त्रिपुराकोट गाविसका सम्पूर्ण महिलाहरु संगठित महिला विकास सेवा समाज त्रिपुराकोट र महिला विकास समूह कोटका महिलाहरुको पहलमा दुईकोठे भवन निर्माण हुन लागेको हो ।
महिला भवन निर्माणमा गाविसको कार्यलय त्रिपुराकोटले जस्ता खरिदको लागि एक लाख सहयोग गरेको छ ।
भवन निर्माणमा ढुङ्गा, जस्ता तथा काठ ओसार्नेसम्म काम महिलाहरुको अहोरात्र खटाईबाट मात्र ३ लाखमा भवननिर्माण सम्भव भएको गाविस स्तरीय महिला संजालकी अध्यक्ष दिलमाया बिष्टले बताइन् ।
भवन नहुँदा नियमित बैठक, गोष्ठी संञ्चालन गर्दा व्यक्तिको घरमा गर्नुपर्ने बाध्यता थियो, भवन निर्माणपछि सेवा समाजको नियमित कामकाजमा सहजहुने अपेक्षा गरिएको बिष्टले बताइन् ।
एकहप्ताभित्र भवन निर्माण कार्य सम्पन्न हुने उनले बताइन् । त्यस्तै बगरमा युवा भवन निर्माण गरिएको छ, भवन निर्माणपछि गाविसका सम्पूर्ण स्थानीय युवाहरुको जमघटबाट विभिन्न खाले गाविस तथा जिल्ला स्तरीय खेलकुद, साँस्कृतिक कार्यक्रम गर्न समेत सञ्चालनको लागि सहज हुने युवा क्लव अध्यक्ष जयश उपाध्यायले बताए ।
अबको एकहप्ताभित्र भवन निर्माण कार्य सपन्न हुने समेत उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण