पूर्व मुस्ताङी राजा जिग्मे सिकिस्त बिरामी
बुधबार, १५ वैशाख २०७३, १० : ३७
मुस्ताङ - पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्ट पछिल्लो समय सिकिस्त बिरामी भएका छन् । काठमाडौँस्थित बौद्धमा परिवारसहित बस्दै आएका ८४ वर्षीय विष्टलाई उच्च रक्तचापका साथै युरिक एसिडको समस्या छ । विसं २०६२/०६३ को जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहँदै पूर्वराजा विष्ट त्यसयता भने निष्क्रिय छन् ।
आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा अझै लोकप्रिय छन् । उनीसँग अहिले पूर्वरानी सिटोल परवल विष्ट, पूर्वराजकुमार जिग्मे सिङ्गी परवल विष्ट (अशोक), पूर्वराजकुमारी र नातिनातिनी बस्दै आएका छन् । बिरामी रहेका कारण विष्ट उपल्लो मुस्ताङको सबैभन्दा ठूलो चाड तिजी पर्वमा दुई वर्षदेखि उपस्थित हुन सकेका छैनन् । दरबार निकट रहेर लामो समय सल्लाहकारका रुपमा काम गरेका लोमान्थाङका इन्द्रधारा विष्टले पाँच वर्षदेखि प्रेसरको समस्या झेल्दै आएका पूर्वराजालाई पछिल्लो समय युरिक एसिडसमेत थपिएपछि समस्या भएको बताए । “मान्छे त्यति राम्रो गरी चिन्न सक्नुहुन्न, औषधि सेवन गरिराख्नुभएको छ, तैपनि अवस्था सुध्रिएको छैन”, २५ वर्ष सल्लाहकारको काम गरेका विष्टले भने । काठमाडौँ बसाइसरेदेखि पनि वर्षको एकपटक लोमान्थाङ पुग्ने राजा विष्टको स्थानीयवासीले शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण