सदरमुकाममा खानेपानीको हाहाकार
बुधबार, १५ वैशाख २०७३, १२ : १२
डडेल्धुरा– वनमा लागेको आगोले डडेल्धुरा सदरमुकाममा आउने खानेपानीको मुख्य पाइपलाइन जलाउँदा खानेपानीको हाहाकार भएको छ ।
मङ्गलबार दिउँसोदेखि खानेपानी पूर्णरुपले बन्द हुँदा सदरमुकाम काकाकुल बनेको खलङ्गा खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
महाभारतको लेकमा आगोलागीपछि खानेपानीको पाइपलाइन पूर्ण क्षति भएको उपभोक्ता समितिका अध्यक्ष रवि केसीले बताए । पाइपलाइनमा आगलागीले जलाएपछि सदरमुकाम आउने एकमात्र खानेपानी सेवा बन्द भएको छ ।
गर्मी मौसमको सुरुवातसँगै खानेपानीको अभाव भइरहेको बेला पाइपलाइनमा क्षति हुँदा झन जटिल समस्या उत्पन्न भएको छ ।
खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मङ्गलबार बेलुकादेखि खानेपानी वितरण गर्न सकेको छैन । बन्द रहेको खानेपानी योजनालाई सुचारु गर्न आजै प्राविधिक टोली महाभारत लेकमा रहेको ट्याङ्कीको मुहानतिर जाने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण