बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कनकमणिको स्वास्थ्यमा सुधार

बुधबार, १५ वैशाख २०७३, १२ : २१
बुधबार, १५ वैशाख २०७३
काठमाडौँ– साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अकुत सम्पत्ति राखेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रबार नियन्त्रणमा लिएसँगै उच्च रक्तचापको सामान्य उपचारका लागि भनी अस्पताल लगिएका दीक्षितको शनिबार बिहान एक्कासि रक्तचाप अनियन्त्रित भएपछि वीर अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सक मनेन गोर्खालीले रक्तचाप नियन्त्रित भइरहेको जानकारी दिए । उनले भने , ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भएको छ । रक्तचापका कारण मिर्गौलामा केही असर देखिए पनि आज आएको ‘रिपोट’ सामान्य देखिएको छ ।’’ उनलाई हिँड्दा छाती भारी हुने समस्या देखिएकाले उनको मुटुको इसिजी तथा रगतको पनि परीक्षण गर्ने तयारी गरेको डा गोर्खालीले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप