गुर्जाको जंगलमा दुई दिनदेखि डडेलो
म्याग्दी – म्याग्दीको गुर्जा गाविसको जंगलमा दुई दिनदेखि भिषण आगलागी भएको छ ।
ढोरपाटन शिकार आरक्षसंग सिमाना जोडिएको गुर्जाको ईङलेभिर जंगलक्षेत्रमा मंगलबार साँझदेखि आगोलागी भएको हो । गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालका अनुसार सुकेका निगालो, खर र रुखहरु रहेको जंगलक्षेत्रमा निरन्तर आगोलागी फैलीएको छ ।
डडेलोले संयौ हेक्टर जंगल सखाप बनाएको परिचालक छन्त्यालले बताए । ढोरपाटन शिकार आरक्षको गुर्जाघाट तर्फबाट लागेको आगो फैलीएर गुर्जातर्फ आएको हो । डडेलोका कारण तिब्र हावाहुरी चलेको र तुवालो लागेर सर्वसाधारणलाई सकस भएको परिचालक छन्त्यालले बताए ।
मानवबस्ती टेखि टाढा रहेको जंगलमा लागेको डडेलोको जोखिममा रहेका गोठका पशु र मानिसहरुलाई सुरक्षित ठाउँमा सारीएको छ । गुर्जागाउँ र डडेलो लागेको जंगल क्षेत्रको सिमानामा ईङ्लेखोला रहेकाले बस्तीलाई जोखिम नरहेपनि उच्च सर्तकता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शिव शर्मा आचार्यले बताए ।
उनका अनुसार बुधबार दिउँसो खबर प्राप्त भएपछि ताकम प्रहरी चौकीबाट सात जना प्रहरी टोली घटनास्थलतर्फ गएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि ३५ कोष पश्चिममा पर्ने गुर्जामा ताकमबाट पुग्न १८ घण्टा पैदल हिड्नुपर्छ । डडेलोका कारण जंगलमा रहेका रुख बिरुवा, जडिवुटी, वन्यजन्तु र पंक्षीको बासस्थान नष्ट भएको छ ।
यसअघि पनि वि.स २०६९ सालमा गुर्जा र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा तिन दिनसम्म भिषण आगोलागी भएको थियो । भौगोलिक बिकटता र ठूलो क्षेत्रमा डडेलो लागेकाले उपलब्ध स्रोत साधनले आगोलागी नियन्त्रण गर्न सक्ने सम्भावना नरहेको प्रहरी निरिक्षक आचार्यको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण