बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यरातमा २ बालिकासहित एकै परिवारका ४ जनाको हत्या

बुधबार, १५ वैशाख २०७३, १३ : २८
बुधबार, १५ वैशाख २०७३
दाङ– सल्यानमा गएराती २ बालिकासहित एकै परिवारका ४ जनाको वीभत्स हत्या भएको छ । मृतकहरुमा सल्यानस्थित छायाँक्षेत्र गाविस ९ रानागाउँ निबासी २३ बर्षीया सीता खाँड, उनकी डेढ बर्षिया छोरी सविता खाँड, अढाई बर्षिया पवित्रा खाँड र पाहुना आएकी सीताकी बहिनी सल्यानकै मार्केमदनाकी १८ बर्षिया गिता गिरी रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी श्याबहादुर खत्रीले रातोपाटीलाई टेलिफोनमार्फत जानकारी दिए । उनले अर्का एक घाइते भएको पनि जानकारी दिए । घाइते हुनेमा मानसीक सन्तुलन ठीक नभएकी स्थानिय जुठी अधिकारी रहेकी छन् । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको भन्दै उनले हत्या कसले गर्यो भन्नेबारे अहिलेसम्म केहि खुल्न नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप