राजनीतिक दललाई प्रमको आग्रह : पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउन प्रतिस्पर्धा गरौं
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन् ।
पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनःनिर्माण र नवनिर्माण हुन्छ भन्ने विश्वासका साथ नेपाली साँच्चिकै मेहनती र बहादुर छन् भन्ने प्रमाणित गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, “कुरा काट्न र कुरा पिट्न जान्ने सबैलाई एक महिना गाउँगाउँमा गएर पुनःनिर्माणमा लाग्न आह्वान गर्छु । सबै दलले कहिलेदेखि कति कार्यकर्ता खटाउने त्यसका हामी प्रतिस्पर्धा गरौँ, नेपाल जुरुक्कै उठ्न सक्छ ।”
नयाँ जिम्मेवारीसहित खटिने इञ्जिनियरलाई पीडितसमक्ष गएर ‘देवदूत’ को रपमा काम गर्न आग्रह गर्दै उनले पुनःनिर्माण र नवनिर्माणको यस अभियानले मुलुकबाहिर रहेका युवालाई पनि स्वदेशमा फर्काएर काम दिन सरकार लागि परेको बताए ।
गत वर्ष नेकपा एमालेले एक महिनासम्म दैनिक ३० हजारका दरले स्वयम्सेवक परिचालन गरेको उल्लेख गर्दै उनले अब एक इञ्जिनियरका साथ कम्तीमा १० स्वयम्सेवक खटाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि मुलुक त्यहाँका जनता आफैँले बनाउँछु भनेपछि मात्र बन्छ, अर्काले आएर बनाउँदैन, चीन, कोरिया, भारत त्यही बाटोमा छन् । हामी पनि विश्वलाई देखाउने गरी मुलुक निर्माणमा लाग्नुपर्छ ।’
भूकम्प प्रभावित क्षेत्रका जनतामा भोकमरी भएमा पनि खबर र सहयोग गर्न आग्रह गर्दै उनले भने, “कोही पनि नेपाली खान नपाएर मर्नु हुँदैन । सरकार साथमा छ ।”
तेह्र सय इञ्जिनियर खटिए
प्राधिकरणले सहरी विकास मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि एक हजार ३४७ इञ्जिनियर खटाएको छ । प्राप्त तीन हजार आवेदकमध्येबाट सो सङ्ख्यामा छनोट गरिएको र त्यत्तिकै सङ्ख्यामा सवइञ्जिनियर खटाइएको मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए ।
ती प्राविधिकले प्रभावितले पाउने घर निर्माणको अनुदान रकम वितरणमा प्राविधिक सहयोग गर्नुका साथै घर निर्माणका डिजाइनमा सल्लाहकारीय भूमिका निर्वाह गर्नेछन् । ती प्राविधिक कम्तीमा एक गाविस एकका दरले जानेछन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले विपद् न्यूनीकरणको जिम्मेवारीसहित पुनःनिर्माणको अभियानमा खटिने प्राविधिकलाई सफलताको शुभकामना दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पपीडित प्राविधिकलाई बाटो पर्खिएर हेरिरहेकाले पीडितको घरमा पुगेर परिवारको सदस्यसरह काम गर्न सक्षम हुने अपेक्षा गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण