बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिजेल, पेट्रोलमा ठगी आरोपमा एक जना पक्राउ

बुधबार, १५ वैशाख २०७३, १४ : १६
बुधबार, १५ वैशाख २०७३

गौशाला - पेट्रोल पम्पमै डिजेल र पेट्रोलमा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ स्थित न्यू विकास आयल स्टोर्समा डिजल र पेट्रोल बिक्री गर्ने क्रममा नापतौलमा कमी दिने गरेको आरोपमा प्रहरीले सो पम्पका कामदार मनोज साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । आज बिहान महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा प्रहरी समेतको टोलीले सो पम्पमा डिजेल, पेट्रोल बिक्री गर्ने पम्पबाट डिजेल पेट्रोल नाप गर्दा पाँच लिटर डिजेलमा ८० मिली लिटर डिजेल कम भएको र पाँच लिटर पेट्रोलमा १७५ मिली लिटर पेट्रोल कम भएको पाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप