बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिहीबार १२ घण्टा विद्युत आपूर्ती बन्द हुने

बुधबार, १५ वैशाख २०७३, १६ : १९
बुधबार, १५ वैशाख २०७३
म्याग्दी – धौलागिरी, गण्डकी क्षेत्रीमा बिहीबार १२ घण्टा केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती बन्द हुने भएको छ । कास्कीमा निर्माण भएको अपर मादी जलविद्युत आयोजनाको विद्युत केन्द्रिय प्रशारण लाईनमा जाडन गर्नका लागि परिक्षण गर्न विद्युत आपूर्ती बन्द गराउन लागिएको नेपाल विद्युत बेनी विद्युत प्राधिकरण बेनी शाखाले जनाएको छ । शाखाका प्रमुख सिताराम शाहका अनुसार बिहीबार बिहान ७ देखि साँझ ७ बजेसम्म परिक्षणका क्रममा प्राबिधिक समस्या आउन सक्ने भएकाले विद्युत आपूर्ती बन्द गराउन लागिएको हो । अपर मादी आयोजनाको विद्युत केन्द्रिय प्रशारण लाईनमा जडान गर्ने कार्य सफल भएपछि नियमित रुपमा विद्युत आपूर्ती हुने शाखा प्रमुख शाहले बताए । परिक्षण अवधिभर म्याग्दी, पर्वत, मुस्ताङ, बागलुङ, कास्की, तनहुँ, स्याङ्जा, गोरखा र लमजुङ जिल्लाको केन्द्रिय प्रशारण लाईनको विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप