नगरकोटको फोहर व्यवस्थापन जिम्मा पर्यटन समितिलाई, ठाउँ–ठाउँमा सिसी क्यामेरा
बुधबार, १५ वैशाख २०७३, १६ : ३९
भक्तपुर - नगरकोटको पर्यटकीय क्षेत्रका फोहर व्यवस्थापनको जिम्मा नगरकोट नाल्दुम पर्यटन विकास समितिले पाएको छ ।
नगरकोट नगरपालिकाले फोहर बोक्ने एउटा टिपरसहित फोहर व्यवस्थापनको जिम्मा समितिलाई दिएपछि फोहर व्यवस्थापन गर्ने कार्य समितिले सुरु गरेको छ ।
नगरपालिका र समितिबीच फोहर व्यवस्थापनको सम्झौता भएपछि नगरकोटको पर्यटकीय क्षेत्रको फोहर व्यवस्थापन समितिले गर्न सुरु गरेको समितिका अध्यक्ष दीपक लामिछानेले जानकारी दिए ।
समितिका अध्यक्ष लामिछानेले भने˗ “विगतमा साधन बिना नै नगरकोटको पर्यटकीय क्षेत्रको फोहर सङ्कलन गर्ने र व्यवस्थापन गर्ने गर्दा निकै समस्या झेल्नु पथ्र्यो, अब नगरपालिकाले गाडी नै दिएपछि फोहर व्यवस्थापनमा सजिलो भएको छ ।”
सफा र सुरक्षित नगरकोट नारा दिएर समितिले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फोहर फाल्न विभिन्न ठाउँमा बाकस तथा डोको राखिदिएको छ ।
फोहर व्यवस्थापनका लागि चालक, सहचालक र डिजेलका लागि लाग्ने वार्षिक रु १० लाखको खर्च समितिले नै गर्ने भएको छ । समितिले सङ्कलित फोहरलाई रिसाइकल गर्ने र नकुहिने फोहरको सही व्यवस्थापन तथा कुहिने फोहरबाट कम्पोस्ट मल बनाउने अध्यक्ष लामिछानेले बताए ।
त्यसैगरी नगरकोटको पर्यटकीय क्षेत्रलाई सुरक्षित राख्नका लागि नगरकोटको पर्यटकीय क्षेत्रको चोकचोकमा सिसी क्यामरा जडान गरिएको छ । नगरकोट नगरपालिकाको सहयोगमा छ वटा सिसी क्यामरा जडान गरिएको हो ।
नगरकोटको भ्यू टावर, भट्टे डाँडा र ग्यालक्सी चोकमा दुई˗दुईवटा सिसी क्यामरा जडान गरिएको बताउँदै अध्यक्ष लामिछानेले थप क्यामरा पनि जडान गरिने जानकारी दिए । जो कोहीले पनि घरमै बसेर मोबाइल एप्सबाट ती क्षेत्रको गतिविधि हेर्न सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण